अजेय रोनाल्डोको लागि अर्को विश्वकीर्तिमान, आसपास पनि छैनन् मेस्सी !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गए राति भएको पोर्चुगल र आयरल्याण्ड बीचको विश्वकप छनोट को पहिलो राउण्डमा पोर्चुगल २-१ को स्कोरले बिजयी भएको छ।

८९औ मिनेट र ९०+६ मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगलका लागि कम्ब्याक गरेका थिए। उनले गरेका गोलले टोलिलाइ मात्रै हारबाट बचाएन, त्यस संगै उनलाई आफ्नो खेलजीवनकै सबै भन्दा ठुलो रेकर्डलाइ तोड्न पनि सफल पार्यो।

यस खेल अघि, रोनाल्डो र इरानका अलि देइदुवै शिर्ष स्थानमा रहेका थिए, दुवैको करियरको अन्तर्राष्ट्रिय गोल १०९ रहेको थियो।

आयरल्याण्ड बिरुद्दको खेलमा महत्वपुर्ण दुइ गोल गर्दै रोनाल्डोले आफुलाई विश्वफुटबल इतिहासको सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनाएका छन्।

उक्त तालिकामा रोनाल्डो बाहेक युएइका अलि मब्खोउतमात्र एक्टिभ खेलाडी रहेका छन् भने सबै अरु खेलाडीले सन्यास लिसकेका छन्।

अलिको भने ७६ गोल रहेको छ। रोनाल्डोसंग सधै तुलाना गरिने लायोनल मेस्सी भने यो तालिकामा देखा पर्दैनन् । उनले १५१ खेलमा ७६ गोल गरेका छन्। उनले खेल भने रोनाल्डो भन्दा चाहि कम नै खेलेका छन्।

रोनाल्डोले १८० खेल खेलिसक्दा, मेस्सीले भने १५१ खेल खेलेका छन्। रोनाल्डोको उक्त रेकर्डलाइ तोड्न मेस्सीले अब ३० वटा अन्तर्राष्ट्रिय खेल खेल्नु पर्छ र ३० खेलमा ३० गोल गर्नु पर्छ जुन असम्भब देखिन्छ ।

विश्वकप छनोट राउण्डको कुरा गर्दा भने, समूह ए मा, पोर्चुगल ४ खेलमध्ये ३ खेलमा जित र एउटा खेलमा बराबरी गर्दै शिर्ष स्थानमा रहेको छ।
दोस्रोस्थानमा सर्बिया छ भने तेस्रो स्थानमा लक्जम्बर्ग र अन्तिम स्थानमा आयरल्याण्ड रहेको छ।

Leave a Reply

Next Post

नेपाल र भारत बीच आज हुन गैरहेको मैत्रीपूर्ण खेल कसरी हेर्ने?

Thu Sep 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ|नेपाल र भारत आज साँझ ५:३० मा दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेलका लागि आमने सामने हुँदैछन्। आसन्न साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाल र भारत फुटबल संघ दुबैको सहमतिमा यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। नेपाल विरुद्ध भारत पहिलेदेखि नै निकै हाली भएतापनि घरेलु मैदानमा घरेलु दर्शक […]
%d bloggers like this: