अझै खेलाडी थप्ने योजनामा बार्सिलोना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखबाट स्ट्राइकर रोबर्ट लेवान्डोस्की भित्र्याएको बार्सिलोना रोकिने क्रममा देखिएको छैन।

गत सिजनको उत्तरार्ध देखि सुधारोन्मुख देखिएको बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा केहि ठुला नाम किनिसकेको छ।

जसमध्ये गतसाता लिड्स युनाईटेडबाट ७० मिलियनमा राफिन्हा र यसै साता ५० मिलियनमा लेवा भित्रिएका हुन।

त्यसबाहेक क्लबले डिफेन्डर अन्द्रेस क्रिसटिनसेन र डिफेन्सिभ मिडफिल्डर फ्रान्क केसेलाई पनि क्लबमा सामेल गराईसकेको छ।

टोलीमा थप गुणस्तर बढाउनका लागि बार्सिलोनाले हालै चेल्सीबाट अर्का रक्षात्मक खेलाडी सेजर एज्पिलीकुएटाका लागि पहल सुरु गरेको छ।

स्पेनका ३२ वर्षे खेलाडीका लागि बार्सिलोनाले सिजनको अन्त्यमै व्यक्तिगत शर्तहरु पूरा गरिसकेको छ।

खेलाडीसँग व्यक्तिगत सर्त पूरा भएपनि क्लब सँग स्थानान्तरण शुल्क र अन्य विषयहरुमा सहमति जुटिसकेको छैन।

त्यसपश्चात चेल्सीकै अर्का स्पेनिस खेलाडी मार्को एलोन्सो भित्र्याउने कुराले पनि यतिबेला व्यापकता पाइरहेको छ। 

क्लबले फ्रांकी डी जोंगका लागि म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियन प्राथमिक र १० मिलियन एड अन सहितको शर्त स्वीकार गरिसकेको छ।

तर डच मिडफिल्डरले भने आँफु बार्सिलोना छाड्ने मनस्थितिमा नभएको प्रस्ट पारिसकेका छन्।

यदि उनको ट्रान्सफर सम्भब भएमा बार्सिलोनाले म्यान सीटीबाट अर्का मिडफिल्डर बर्नार्दो सिल्भालाई पनि ल्याउन सक्नेछ। 

गत सिजन लोनमा आएका वुल्भ्सका विंगर अडामा ट्राओरे र डच फरवार्ड लुक डी जोंगले भने क्लब छाडीसकेका छन्।

लालिगाको नयाँ सिजन आउँदो अगष्ट १४ बाट सुरु हुँदैछ त्यसका लागि स्पेनी लिगका क्लबहरुले अभ्यास सत्र सुरु गरिसकेका छन्। 

नयाँ सिजन सुरु हुनुभन्दा अघि प्रि सिजनमा हाल अमेरिकामा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा इन्टर मायमीलाई आधादर्जन गोल गरेको थियो। 

मैत्रीपूर्ण खेल अन्तर्गतकै दोस्रो खेलमा बार्सिलोनाले आइतबार कट्टर प्रतिद्वन्द् रियल मड्रिडको सामना गर्दैछ। 

त्यसपश्चात बार्सिलोनाले थप दुई मैत्रीपूर्ण अभ्यास खेल सकेपछि स्पेन फर्कनेछ। 

 

Leave a Reply

Next Post

डी जोंगका लागी दुई इंग्लिस क्लबले प्रतिस्पर्धा गर्ने

Wed Jul 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। करिब ८ दिन अगाडि म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो […]
%d bloggers like this: