अझै ४-५ सिजन शिर्ष डिभिजनमा खेल्ने रामोसको चाहना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिसका स्टार डिफेन्डर सर्जियो रामोसले आफ्नो शिर्ष खेल जीवनको करियर अझै चार पाँच बर्ष लम्बिने बताएका छन्।

रियल मड्रिडबाट यसै सिजन पिएसजी भित्रिएका पुर्ब कप्तान रामोसले चोटको कारण यस सिजन अधिकांश खेलहरु गुमाएका छन्।

बढ्दो उमेर संगै उनको खेलजीवन पनि उत्तरार्धमा आइपुगेको हो कि भन्ने प्रश्नमा उनले आँफु अझै ४ बर्ष शिर्ष डिभिजन रहन सक्ने बताए।

लगातार चोटको शिकार बनिरहेका सर्जियो, अब भने आफ्नो पूर्ण स्वस्थताको नजिक आइपुगेको हुँदा आत्मविश्वास बढेको उनको भनाई छ।

“म आफूलाई उच्च स्तरमा चार वा पाँच वर्ष खेलिरहेको देख्छु, र त्यसपछि [मसँग] अर्को अनुभव हुनेछ।” रामोसले फ्रान्समा अमेजन प्राइम भिडियोलाई भने।

“यहाँ पेरिसमा। मसँग अझै दुई वर्ष [मेरो सम्झौतामा] छ, म यसलाई तीन बनाउन प्रयास गर्नेछु, हामी हेर्नेछौं।

“जबसम्म मेरो शरीर ठिक छ, मलाई लाग्छ कि मेरो ध्यान एकदमै केन्द्रित हुन्छ। अहिले स्वास्थ्य धेरै राम्रो छ, धेरै खुसी छु र खेल्न उत्सुक छु।”

स्पेनका लागि १८० क्याप जित्दै विश्वकप र युरोपियन कप जितेका रामोस अझै पनि राष्ट्रिय टोलीबाट खेल्नेमा कता कता बिश्वास गर्छन।

हालैका दिनमा पहिलो रोजाईमा पर्न छाडे पनि उनको ध्यान भने अझैपनि राष्ट्रिय टोलीमा फेरी नेतृत्व गर्नु रहेको छ।

सन्यास लिईनसकेका रामोसको इच्छा स्पेनसंग सन् २०२२ को विश्वकपमा एकपटक पुनः जर्सीमा मैदानमा उत्रनु रहेको छ र उनले कसरत गरिरहेका छन्।

टोलीमा नपरेपनि अबको योजनाका बारेमा बोल्दै उनले देशको लागि खेल्न पाउनु गर्वको कुरा हुने उल्लेख गरे।

“यो जवाफ दिन गाह्रो प्रश्न हो।” उनले भने। “तपाईंको मातृभूमि र तपाईंको देशको भावना सधैं ठूलो कुरा हो।”

“टोलीमा छनौट हुन सबैले आफ्नो [क्लब] टोलीमा राम्रो गर्नुपर्छ तबमात्र छनोट हुन सम्भब छ।” उनले बताए।

Leave a Reply

Next Post

एएफसि फुटसल छनौटमा नेपालको बिजोग

Tue Apr 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ए.एफ.सि कप फुटसल छनौट अन्तर्गत नेपालले समुह चरणको तीनैवटा खेल गुमाउँदै आफ्नो यात्रामा पूर्णविराम लगाएको छ। कीर्गिस्तानमा सम्पन्न भएको छनौट खेलमा नेपालले समूह बीमा अफगानिस्तान, ताजकिस्तान र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। तिनै खेलमा ठूला हार बेहोरेको नेपाल, समूह चरणमा अङ्कविहीन हुँदै घर फर्कने भएको छ। पहिलो […]
%d bloggers like this: