अनन्त तामांगले इस्ट बंगालबाट आईएसएल खेल्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| राष्ट्रिय फुटबल टोलीका २४ बर्षीय डिफेन्डर अनन्त तामाङले क्लब स्पोर्टिङ क्लब इस्ट बंगाल बाट आईएसएल खेल्ने भएका छन्।

यस संगै आईएसएलमा सहभगिता जनाउने, अनन्त पहिलो नेपाली खेलाडी भएका छन्।

अनन्तले सिजनको अन्त्यसम्मका लागि छोटो सम्झौता गरेको बुझिएको छ।

जारि आईएसएलसिजनको अन्त्य तिर अनन्तले बंगलबाट खेल्ने भएका हुन।

यस सिजनको ४ खेल मात्र बाँकी रहँदा इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।

अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ।

थ्री स्टारले शनिबार अनन्तलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ।

अनन्त आबद्द  इस्ट बंगाल लिगको १० औं स्थानमा रहेको छ।

Leave a Reply

Next Post

रियल म्याड्रिड विरुद्धको खेल अघि पेरिसलाई खेलाडीको चिन्ता

Fri Feb 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडसँगको खेल सुरु हुन पाँच दिन बाँकी रहँदा पेरिस सेन्ट जर्मेनको चिन्ता बढेको छ। पहिलो युरोपेली कप जित्ने दृढतालाई कायम गर्दै यस सिजन ट्रान्सफरमा आक्रामक बनेको पेरिसलाई आफ्ना दुई स्टार खेलाडीको फिटनेसलाई लिएर अनिश्चय बढेको छ। नेमार र […]
%d bloggers like this: