हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| झण्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेक पछि युरोकपका प्रतिष्ठित लिगहरू पुनः सुचारु हुँदैछन्।
विश्वकप क्वालिफायर तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु सकिए पछि एसियन, युरोपियन तथा दक्षिण अमेरिकन खेलाडीहरु क्लब प्रशिक्षणमा फर्किएका छन्।
संसारमै सबैभन्दा बढी रुचाइएको इङलिस प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटी शनिबार साँझ ६: १५ मा प्रतिस्पर्धा गर्दैछन्।
यस्तै इंग्लिश प्रिमियर लीग मै बेलुकी ८:४५ मा एकै समयमा ६ खेल खेलिने भएको छ।
जसमा एस्टन भिल्ला र ब्राईटन, बर्नलि र क्रिस्टल प्यालेस, न्यू क्यसल र ब्रेन्टफोर्ड, नर्विच विरुद्ध साउथह्याम्पटन, वाटफर्ड विरुद्ध म्यानचेष्टर यूनाइटेड र वुल्भ्स विरुद्ध वेस्ट ह्याम को खेल रहेको छ।
त्यसैगरी इंग्लिश प्रिमियर लिग अन्तर्गत नै दुई सर्वाधिक सफल टोली लिभरपुल र आर्सनल बेलुकी ११:१५ मा प्रतिष्पर्धा गर्दैछन्।
स्पेनिस ला लिगा अन्तर्गत भोलि ३ खेल हुने भएका छन्। सेल्टा भिगो र भिल्लारियल साँझ ६:४५ मा भिड्ने छन् भने सेविल्ला र अलबेस ९ राती बजे भने एट्लेटिको म्याड्रिड र ओसासुना बेलुकी ११:१५ मा।
इटालियन सिरियामा एटलान्टा र स्पेजिया विरुद्ध ७:४५ मा भने युभेन्टस र लाजियो १०:४५ मा प्रतिष्पर्धा गर्दैछन्।
जर्मन बुन्डेजलिगा अन्तर्गत बेलुकी ८:१५ मा यि खेल हरु हुँदैछन:होफेनहायम विरुद्ध आरबी लाइपजिग, लिभरकुशेन विरुद्ध बोचुम, बोरूसिया डर्टमन्ड विरुद्ध स्टुगर्ट, अर्मिनिया बिलिफेल्ड विरुद्ध वुलफ्स्बर्ग, मन्चनग्लडव्याक विरुद्ध जि. फर्थ। त्यस्तै बेलुकी ११:१५ मा युनियन बर्लिन र हर्था प्रतिष्पर्धा गर्दैछन।
फ्रेन्च लिग १ अन्तर्गत फ्रेंच महारथी पेरीस सेन्ट जर्मनले नन्तेस विरुद्ध बेलुकी ९:४५ मा घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ।