अन्तर्राष्ट्रिय क्रिकेटबाट खड्काले लिए सन्यास !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। दशकौ देखि नेपाली क्रिकेटलाइ आफ्नै दममा एक पछि अर्को गर्दै नया उचाइमा पुर्याउदै ल्याएकाले आज बिहान इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका छन्।

सन् २००४ बाट सुरु भएको खड्काको राष्ट्रिय क्रिकेट टोलिसंगको यात्रा टुङ्गिएको छ। पारसले आफ्नो टि-२० अन्तर्राष्ट्रियको डेब्यु २०१४ मा भएको विश्वकप अन्तर्गतको हंगकंग बिरुद्दको खेलमा गरेका थिए। ७७ नम्बरको जर्सी लगाउने गरेका पारसले एकदिवसीय डेब्यु भने २०१८ को पहिलो अगस्टमा नेदरल्यान्ड्स बिचको खेलमा गरेका थिए।

काठ्माण्डौमा जन्मिएका पारसले आफ्नो क्रिकेटको यात्रा अण्डर-१५ बाटनै सुरु गरेका थिए। यु-१५ बाटनै अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल्न थालेका पारसले यु-१९को एसिया कपमा पनि सहभागिता जनाएका थिए ।

उनको यु-१९ टोलीमा रहने क्रममा, उनले २००५ को इन्टर कनटिनेण्टल कपमा पनि सहभागिता जनाए। त्यस पश्चात भएको अन्डर १९ एसियाकपको फाइनलमा मलेसिया यु-१९ लाइ पराजित गर्दै नेपालले एसिया कपको उपाधि हात पारेको थियो।

एसियाकपमा जित हासिल गरेको नेपालले यु-१९ को विश्वकपमा आफ्नो नाम लेखाउन सफल भयो। विश्वकप अन्तर्गत नेपालले प्लेट टुर्नामेन्टमा बिजयी हासिल गर्यो, उक्त क्रममा नेपालले दक्षिण अफ्रिका र न्युजिल्याण्ड जस्ता टेस्ट राष्ट्रलाइ पराजित गरेको थियो।

समूह स्तरका खेलहरुबाटै एक अग्रजको भूमिका निभाउन सफल भएका पारसले नेपाल राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेबारी एक दशक भन्दा बढि समयसम्म निभाए र उनको उक्त यात्राको विश्लेषण गर्दा, खोट लगाउने कुनै पनि ठाउ छैन।

धेरै किर्तिमान, उपाधी लगायत अरु सफलताहरु हासिल गरेका पारसले आज सामाजिक संजालको एक पोस्ट मार्फत आफु नेपाली दर्शकका निम्ति सदाबहार कृतज्ञ रहेको भन्दै अन्तराष्ट्रिय क्रिकेटबाट बिदाइ लिए।

Leave a Reply

Next Post

मेस्सी र बार्सिलोनाको सम्झौताले लियो नया मोड !!

Tue Aug 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| बार्सिलोनाका स्टार फरवार्ड खेलाडी लियोनल मेस्सी र बार्सिलोना क्लब नयाँ सम्झौताको नजिक पुगेका छन्। बार्सिलोनाका अध्यक्ष जोअन लपोर्ताले एक पत्रिकालाई उद्धृत गर्दै मेसी र आँफुहरु सम्झौताको नजिक पुगेको जानकारी दिएका थिए। करिब डेढ वर्षदेखिको बार्सिलोनाको आन्तरिक कलह,क्लबको भविष्यको दिशा तथा व्यवस्थापन प्रणाली माथि प्रश्न  उठाउँदै लियोनल […]
%d bloggers like this: