हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यु-२३ छनौट चरण अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र लेबनान आज दिउँसो प्रतिस्पर्धा गर्दैछन्।
समूह चरणमा आफ्ना दुवै खेलमा हार व्यहोरेका दुबै प्रतिस्पर्धिहरु सान्त्वना अङ्क निकाल्ने प्रयासमा रहनेछन्।
नेपालले यसअघि समूह चरणमा भएका खेलहरुमा ईरान बिरुद्ध ४-० र आयोजक राष्ट्र ताजकिस्तान विरुद्ध ६-० गोलअन्तरले पराजित भएको थियो।
लेबनान भने पहिलो खेलमा ताजकिस्तान विरुद्ध १-० ले हार बेहोरेको थियो भने ईरान बिरुद्ध २-० ले खेल गुमाएको थियो।
समूह चरणमा दुई खेल गुमाइसकेका २ राष्ट्रहरु प्रतियोगिताको छनोट चरण भने बाहिरी सकेका छन् भने आ-आफ्ना खेल जित्दै समूहमा पहिलो र दोस्रो स्थानमा रहेका ताजकिस्तान र इरान भने अर्को चरणमा प्रवेश गरेका छन्।
छनौट चरणमा ११ समूहमा शीर्ष स्थान हात पारेका टोलीहरू सोझै प्रतियोगिताको अन्तिम चरणमा पुग्नेछन्। आयोजक राष्ट्र सहित यसपटक कुल १६ टोलीले यु २३ एसियन कपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
यस छनोट प्रतियोगितामा समूह चरणमा दोस्रो स्थान हात पारेका टोलीहरु बाट शिर्ष चार टोलीले सन् २०२२ मा उज्वेकिस्तान मा हुने एएफसी अण्डर २३ एसियन कप प्रतियोगितामा सहभागिता जनाउनेछन्।
नेपाल भने सदा झैँ यसपटक पनि समुह चरणमा बिनाकुनै जित प्रतियोगिताबाट बाहिरि सकेको छ। अहिलेसम्म एकपटक पनि सकारात्मक नतिजा हात पार्न नसकेको नेपाली टोलीलाई आज अन्तिम खेलमा ३ अङ्क बटुल्ने राम्रो मौका रहेको छ।