हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी टि-२० विश्वकप क्रिकेटको सुपर १२ को अन्तिम खेलमा नामिबियालाई ९ विकेटले हराउदै भारतले यसपटकको विश्वकप यात्रालाई टुंग्याएको छ।
नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो।
भारतको जितमा ओपनर रोहित शर्माले ३७ बलमा ७ चौका र २ छक्का मद्दतले सर्वाधिक ५६ रन बनाए। अर्का ओपनर केएल राहुलले अविजित ३६ बलमा ४ चौका र २ छक्का को मद्दतले ५४ रन बनाए भने सुर्यकुमार यादवले अविजित २५ रन जोडे।
टस हारेर ब्याटिंग गरेको नामिबियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो।
नामिबियाका लागि डेभिड विसेले सर्वाधिक २६ रन बनए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए।
नामिबियालाई सस्तैमा समेट्ने क्रममा भारतीय स्पिनरद्वय रभिन्द्र जडेजा र रभी आश्विनले शानदार बलिंग गरे।
रभीचन्द्रन आश्विनले ४ ओभरमा २० रन दिदै ३ विकेट लिए भने र रभीन्द्र जडेजाले ४ ओभरमा १६ रन दिदै समान ३ विकेट लिए। पेस बलर जस्प्रित बुम्राहले २ विकेट लिए।
सुपर १२ मा पाकिस्तान र न्युजिल्यान्ड विरुद्ध हार बेहोरेको भारतले अन्य खेलमा शानदार जित निकलेपानी प्रतियोगितामा माथि उक्लन भने सकेन।
नतिजा संगै भारतको टि-२० अन्तर्राष्ट्रिय कप्तानको रुपमा बिराट कोहलीको र भारतको प्रशिक्षकको रुपमा रभी शास्त्रीको कार्यकाल पनि समाप्त भएको छ। कोहलीले विश्वकप पछि भारतको टि-२० कप्तानी छाड्ने घोषणा गरेका थिए। कोहलिको ठाउँमा अब रोहित शर्मा कप्तान हुने भएका छन्।