अन्तिम मिनेटको गोलसंगै हारबाट जोगियो बार्सिलोना, खराब लय जारी !

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गएराति भएको खेलमा बार्सिलोनाले ग्रानाडासंग बराबरीको खेल खेलेको छ।

क्याम्प नौमा भएको खेलमा ग्रानाडाले सुरुवाती मिनेटमै अग्रता लिएको थियो।

सर्जियो एस्कुडेरोको सुदर एसिस्टलाइ गोलमा परिणत गर्दै, दोमिन्गोस डुआर्टेले ग्रानाडाका लागि अग्रता दिलाएका थिए।

पहिलो मिनेटमै अग्रता लिए पनि, ग्रानाडालाइ जित सुरक्षित गर्ने दबाब भने खेलभरि नै रहयो। ८९ मिनेट सम्म सफल भएको ग्रानाडाले ९० औ मिनेटमा गोल कन्सिड गर्न पुग्यो।

९० औ मिनेटमा पाब्लो गबिराको असिस्टमा गोल गर्दै, बार्सिलोनाका रोनाल्ड अरौजोले बार्सिलोनालाइ हारको मुखबाट जोगाएका थिए।

बार्सिलोनाका यसपटकका मुख्य साइनिङ्ग, सर्जियो अग्युएरो साथै ओस्मान देम्बेले, मार्टिन ब्रेथ्वाइट, सर्जियो बस्केट्स सबै घाइते भएको कारण राम्रो लयमा नदेखिएको कुरा गर्छन प्रशिक्षक कोएम्यान।

अग्रता लिएपछि ग्रानाडाले आक्रमण गर्न कुनै पनि एफ़र्ट लगाएन । ९० मिनेटसम्म कडा दिफेन्सिब खेल देखाएको ग्रानाडाले अन्तिममा गएर भने जित हासिल गर्न सकेन र बराबरीमा चित्त बुझाउन पर्यो।

अंक तालिकाको हालको स्थिति हेर्दा, बार्सिलोना सातौ स्थानमा रहेको छ। चार खेलमा बार्सिलोनाले २ जित निकालेको छ भने दुइ खेलमा बराबरी गर्दै ८ अंक बटुलेको छ।

च्याम्पियन्स लिगमा बेन्फिकाको सामना गर्नु अघि, बार्सिलोनाले २४ तारिकमा काडिच र २६ तारिकमा लेभाण्टेको सामना गर्ने छ।

Leave a Reply

Next Post

बार्सिलोनाका सम्भावित म्यानेजरमा ब्रेनडन रोजर्स पनि

Tue Sep 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना क्लबका सदस्यहरुले रोनाल्ड कोइमनलाई ब्यबस्थापकिय जिम्मेवारीबाट हटाउने संकेत देखाएका छन्। उक्त निर्णय संगै विकल्पको रुपमा ब्रेन्डन रोजर्सलाई बार्सिलोनाले सम्भावित म्यानेजरको रुपमा राडारमा राखेको अन्तरास्ट्रिय पत्रिका ९० मिनेटले जनाएको छ। कोमनलाई क्लबको पदानुक्रमले गत हप्ता सिजनको खराब सुरुवात पछि बिश्वासको ‘भोट’ दिएको थियो जसमा उनलाई ग्रेनाडा, […]
%d bloggers like this: