अन्तिम मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडको जितमा नायक बने रोनाल्डो !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। युनाइटेडलाइ पेनाल्टीमा पराजित गर्दै युरोपाको जितेको भिल्लारियल र युनाइटेड बीच गएराती अर्को प्रतिस्पर्धा भएको थियो ।

गोल बिहिन पहिलो हाफ पछि दोस्रो हाफमा तिन गोल गोल हुन पुग्यो। पहिलो हाफमा पाहुना टोलि भिल्लारियल निकै धेरै मौकाहरु पाएता पनि, किपर डेभिड डिगियाको उत्कृष्ट बचाउले गर्दा, कुनै पनि प्रयास सफल हुन सकेनन।

डनजुमाको दुइटा प्रहार, अल्ससेर र पिनोको एक एक वटा प्रहारहरुलाइ असफल पार्दै डेभिडले पहिलो हाफमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए।

पहिलो हाफकै लयमा, दोस्रो हाफ सुरुगरेको भिल्लारियल खेलको ५३ औ मिनेटमा गोल गरेर अग्रता लिएको थियो। पाको अल्ससेरले डाञ्जुमाको पासलाई गोलमा परिणत गर्दै, पहिलो गोल गरेका थिए।

भिल्लारियलले अग्रता लिसकेपछी खेलले झन् रोमाञ्चक मोड लियो। बराबरीका लागि प्रयास गरेको युनाइतेडका लागि ६० औ मिनेटमा एलेक्स टेलेसले गोल गरे। ब्रुनो फ़र्नाण्डेजको पासको उपयोग गर्दै, टेलेसले उत्कृष्ट गोल गरेका थिए।

८६ मिनेटमा डेभिड दिगियाले अर्को महत्वपुर्ण बचाउ गरे। गोमेजको प्रयासलाइ रोक्दै, ठिक त्यस पछि भएको अर्को प्रहारलाइ पनि उनले सफल हुन दिएनन।

खेलको ९०+५औ मिनेटमा जेसी लिंगार्दको एसिस्टको सहयोगमा गोल गर्दै, रोनाल्डोले युनाइटेडलाइ जित दिलाए। फ्रेडको उत्कृष्ट क्रसले सुरुमा लिङ्गार्डलाइ भेट्न पुग्यो, उक्त पासलाइ रोनाल्डोको खुट्टामा पुर्याउने काम लिङ्गर्डले गरे, र सधैको जस्तो रोनाल्डोले उत्कृष्ट गोल गर्दै जित निश्चित गरे।

पहिलै हाफमा चारवटा बचाउ गरेका डेभिड दिगियाको पनि, युनाइटेडको जितमा निकै ठुलो योगदान रहयो। जित संगै युनाइतेड अंकतालिकाको तेस्रो स्थानमा उकलिएको छ।

Leave a Reply

Next Post

एभरेस्ट पप्रिमियर लिग : काठमाडौं किंग्स ११ द्वारा चितवन टाइगर्स समक्ष मध्यम लक्ष्य प्रस्तुत

Thu Sep 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तरगत अहिले हुँदै गरेको खेलमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाइ १४२ रनको विजयी लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा काठमाडौंले ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि ओपनर सुबास खकुरेलले सर्वाधिक ३५ रन […]
%d bloggers like this: