अफ्रिकन कप फाईनल: सेनेगल र इजिप्ट आमने सामने हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यस बर्षको अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रतियोगितामा सर्बाधिक सात पटक उपाधि जितेको इजिप्ट र सेनेगल बीच आज बेलुकी प्रतिस्पर्धा हुँदैछ।

महादेशीय प्रतियोगितामा दुई पटक फाइनलमा सहभागी भैसैकेको सेनेगल टोलि सन् २०१९ को उपबीजेता रहेको छ भने अहले सम्म प्रतियोगिताको च्याम्पियन बन्न सकेको छैन।

यस संगै लिभरपुलका अहिलेका प्रख्यात तथा निकै प्रभावशाली फुटबलरद्वय मोहम्मद सलाह र साडीयो माने आपसमा चिर प्रतिद्वन्दीका रुपमा भिड्दै छन्।

बुधवार बुर्किना फासोलाई ३-१ ले हराएर फाइनलमा पुग्ने सेनेगलले अहिलेसम्म महाद्वीपीय उपाधि जित्न सकेको छैन तर २०१९ मा कायरोमा जित नजिक पुगेको थियो।

फाइनलको लागि उनीहरूको बाटो इजिप्ट भन्दा धेरै सजिलो साबित भएको छ।

सेनेगलले नकआउट चरणमा कप भर्डेलाई २-० ले हराएको थियो, त्यसपछि क्वार्टरफाइनलमा इक्वेटरियल गिनियालाई ३-१ ले हराउदा सेमीफाइनलमा समान ३-१ ले बुर्किना फासोलाई पाखा लगाएको थियो।

इजिप्टले राउन्ड अफ १६ मा पेनाल्टी सुटआउटमा आइभरी कोस्टकोलाई हराउदै; क्वार्टरफाइनलमा अतिरिक्त समयमा मोरक्को २-१ ले र बिहीबारको सेमिफाइनलमा पेनाल्टीमा आयोजक क्यामरुनसँग पुन: २-१ गोल ​​अन्तरले पराजित गर्दै सेनेगलले फाइनलको यात्रा तय गरेको हो।

साडियो मानेका लागि आइतवारको फाइनलअघिनै स्मरणीय प्रतियोगिता बन्न पुगेको छ। मानेले अपेक्षा गरिएजस्तै, आफ्ना टोलीका तर्फबाट प्रभावशाली खेलाडी बनिरहेका छन् भने प्रतियोगितामा उनले तीन गोल र दुई सहयोग प्रदान गरिसकेका छन्।

दुई बर्ष अघिको हारको भरपाई गर्न आज सेनेगल टोलिले पक्कै पनि उत्कृस्ट खेल प्रदर्शन गर्ने सोचमा छ।

अर्को तर्फ सर्बाधिक सफल रहेको इजिप्ट तथा मोहम्मद सलाहको यात्रा भने सजिलो रहेको छैन। तुलनात्मक रूपमा, मोहम्मद सलाह इजिप्टका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन् तर आवश्यकता अनुसार क्लचमा आएका छन्। २९ वर्षिय खेलाडीले गिनी-बिसाउ विरुद्धको खेलमा फारोको एक मात्र गोल गरेका थिए र मोरक्कोमाथि २-१ को जितमा दुवैको प्रत्यक्ष हात थियो।

 

 

Leave a Reply

Next Post

विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलि मंगलबार ओमान जाँदै

Sun Feb 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। यसै फेब्रुअरी महिनामा ओमानमा हुने विश्वकप छनौट तथा अन्तरास्ट्रिय सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। राष्ट्रिय टोलीका क्रिकेट म्यानेजर बिनोद दासका अनुसार नेपाली टोली मंगलबार ओमान जाने भएको हो। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघले १६ सदस्यीय टोली घोषणा […]
%d bloggers like this: