अबामियांग बार्सिलोनामा अनुबन्धित, पुरा गर्लान त बार्सिलोनाको अपेक्षा?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले इंग्लिश क्लब आर्सनलबाट फरवार्ड औबामियाङ अनुबन्ध गरेको छ।

आर्सनलले स्ट्राइकरलाई बार्सिलोनामा जाने बाटो तयार गर्न पियरे-एमरिक औबामेयाङको सम्झौता ५युवा खेलाडी  महिना अघिनै रद्द गरेको हो

औबामेयाङसँग आफ्नो इमिरेट्स स्टेडियम सम्झौता सकिन अझै पाँच महिना थियो त्यसपश्चात उनि बार्सामा नि:शुल्क स्थानान्तरणमा सामेल हुन सक्ने भनिएको थियो, तर अब क्यटलन टोलीले उक्त सम्झौता मंगलबार घोषणा गर्ने तय गरिएको छ।

विश्व फुटबलमा उत्कृष्ट फरवार्ड रुपमा चिनिएका ज्ञाबोनका स्ट्राइकर औबामियाङले आर्सनलका लागि झण्डै पाँच सिजन प्रतिनिधित्व गर्दै १६३ खेल खेल्दा कुल ९२ गोल गरेका छन्।

आर्सनलमा आवद्ध हुनु अघि जर्मन टोली बोरुसीया डर्टमन्डमा २१३ खेलमा १४१ गोल गरिसकेका छन्।

यसै सिजन बार्सिलोनामा भित्रिएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरो मुटुका समस्याका कारण सन्यास लिनुपर्ने अवस्था आएपछि बार्सिलोनामा अहिले सेन्टर फरवार्डको कमी भएको छ।

युवा खेलाडी आँसु फाति लगातार चोटका कारण मैदान बाहिर रहन थालेपछि बार्सिलोनाले आफ्नो अग्रपंक्तिमा रहेको कमजोरी सुधार्न ग्यविनिज फरवार्ड भित्राएको हो।

ला लिगामा हाल पाँचौं स्थानमा रहेको बार्सिलोना शीर्ष ४ मा प्रवेश गर्न अब केवल १ अंकको दुरीमा रहेको छ।

युरोपेली च्याम्पियन्स लिगमा आफ्नो यात्रा टुङ्ग्याई सकेको क्याटलन टोली बार्सिलोनाले औपचारिकरुपमा ठुलो प्रतियोगिताको दाबेदारको रुपमा अब यूरोपा लिगमा मात्र सहभागिता जनाउने छ।

शीर्ष चारमा रहँदै बार्सिलोनाले यदि युरोपा लिग जितेको खण्डमा ऋणमा डुबेका क्याटलन टोलीलाई अर्को सिजन ठूला खेलाडी भित्र्याउन तथापि वित्तीय रुपमा सक्षम हुन ठूलो भूमिका खेल्नेछ।

तर केहि सिजन यताको खराब लयलाई सुधार गर्दै भने ग्य्बोनिज फरवार्ड औबालाई आफ्नो उच्च स्तरीय खेल देखाउनु ठुलो चुनौती रहेको छ

त्यसैले पनि बार्सिलोनाको अग्रपंति सम्हाल्दै टोलीमा बिश्वास तथा बार्सिलोनालाई पुरानै धारमा फर्काउन औबामियांगको भूमिका अब प्रमुख रुपमा रहने छ

Leave a Reply

Next Post

विश्वकप छनौटमा अर्जेन्टीनाको अपराजित यात्रा जारि, कोलम्बिया पराजित

Wed Feb 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पाहुना टोलि कोलम्बियालाई १-० गोल अन्तरले हराउदै कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ। जारि विश्वकप छनौटमा १५ खेलमा ब्राजिल संगै अपराजित रहेको अर्जेन्टिनाले १० मा जित र ५ बराबरीको नतिजा निकाल्दा २९ खेलको अपराजित यात्रालाई बढावा दिएको छ। यस अघिनै विश्वकपमा टिकट […]
%d bloggers like this: