अब आउने नतिजाको जिम्मेवारी कसले लिने? अब्दुल्लाह कि एन्फा?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष साफ फाइनलमा पुग्दै सनसनी मचाएको नेपाली राष्ट्रिय टोलीबाट धेरै फुटबलप्रेमी नेपालीले नयाँ युगको आश गरेका थिए। 

भारत विरुद्ध ३-० ले पराजित भएतापनि,समग्र  प्रदर्शनले नेपाली फुटबल अर्को स्वर्णिम युगमा प्रवेश अड्कल काटिएको थियो। 

खेलाडी र मुख्य प्रशिक्षक बीचको जुन तालमेल देखिएको थियो, जसरी खेलाडीहरुलाई एकतामा बाध्न सफल भएका थिए, यी सब भविष्यका लागि राम्रो लक्षण थिए।

तर एकाएक एसियन कप छनौट अगाडि प्रशिक्षक र खेलाडी विचको मनमुटावले नेपाली फुटबलमा लिएको मोडले, फुटबल दुर्घटना तर्फ गएको देखिन्छ। 

छनौटका दौरान होटलमा बसेका खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टोलीका नियमित १० खेलाडीले क्याम्प छोडेका थिए। 

Nepal will Play Jordan on June 8, 2022

खेलाडीहरुले छनोटको क्याम्प त्याग गरेसँगै सामाजिक सञ्जालमा भने अन्य पुस्ताले राम्रो मौका पाउने बताइरहँदा यथार्थ भने फरक रहेको छ। 

हरेक समुदाय स्तरबाट खेलाडी छनौट प्रक्रिया नहुँदा नेपालले सिमित क्षेत्रबाट मात्र खेलाडी उत्पादन गर्न सक्छ। 

सीमित स्रोतसाधन र संरचनाहिन नेपाली फुटबलबाट आउने प्रतिभावान खेलाडीहरू प्रशिक्षक अब्दुल्लाहले उतार्ने गरेका थिए। 

जेनतेन प्रतियोगिता गरेर, थोरै जनशक्तिबाट खेलाडी छनौट भएर आएका उक्त खेलाडीहरूको प्रदर्शन पक्कैपनि प्रशिक्षकको नजरमा राम्रो थियो।

बन्द प्रशिक्षण छाडेका अधिकांश नेपाली खेलाडीहरु शिर्ष डिभिजन नियमित खेल्ने गरेका छन् भने एकाधले अन्तर्राष्ट्रियस्तरमा पनि आफूलाई प्रस्तुत गरिसकेका छन्।  

Nepal will Play Jordan on June 8, 2022
क्याम्प छोडेका खेलाडीहरुलाई प्रतिस्थापन गर्न प्रशिक्षक अब्दुल्लाले अन्य खेलाडी बोलाए पनि अब फुटबलको भविष्य के? भन्ने अन्यौल देखिन्छ

 

नेपालको हरेक क्षेत्रबाट सोहि स्तरका खेलाडी निस्किने थिए भने, बन्द प्रशिक्षणमा जम्मा ४५ खेलाडीलाई मात्र किन सहभागिता गराईयो?

के अहिलेसम्म अब्दुल्लाहले हामीलाई छायाँमा राखेका थिए त? उत्तर दिन जटिल छ। 

उक्त विषयमा धेरै लामो समय मौन बसेको नेपाल फुटबल सङ्घले अन्ततः छानबिन समिति आयोग गठन गरेको छ।

जुन बिषयले विवाद उत्पन्न हुने बित्तिकै समाधान पाउनुपर्ने थियो, उक्त कुरा निकै ढिला-सुस्ती गरेर अघि बढेको छ। 

नेपालले छनोट चरणमा खेल्ने खेल हरुका लागि टोलीको घोषणा भइसकेको छ जसमा अन्तर्राष्ट्रियस्तरमा अनुभव सँगालिसकेको निकै कम खेलाडीहरु समेटिएका छन्। 

हाल बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु स्तरीय छैनन् भन्न खोजिएको होइन, तर के वास्तवमै उनीहरूको स्तर माथिल्लो तहको छ? 

एसियन कप छनोटमा पनि निकै कठिन समूहमा रहेको नेपालले, आफूभन्दा निकै माथिल्लो स्तरका प्रतिद्वन्द्वीहरु विरुद्ध राम्रो नतिजा ल्याउन सक्ला त?

राम्रो नतिजा ल्याउन नसकेपनि स्तरीय प्रदर्शन गर्न सक्ला? छनौट चरणमा इतिहासकै लज्जास्पद हार बेहोर्दै घर फर्कनु पर्यो भने त्यसको जिम्मेवारी कसले बहन गर्ने? 

Leave a Reply

Next Post

एसी मिलान एघार बर्षपछि उपाधि नजिक

Mon May 9 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालीयन तथा युरोपियन महारथी एसी मिलान करिब एक दशकको पर्खाई पश्चात शीर्ष डिभिजनको उपाधिनजिक पुगेको छ।  सन् २०११ को इटालियन शिर्ष डिभिजन जितेपश्चात, लामो समयसम्म मैदानमा संघर्ष गरेको एसी मिलानले यस सिजन पुनरागमनको छाटकाट देखाएको छ। आइतबार भेरोना विरुद्ध ३-१ को जितमा शानदार पुनरागमन गर्दै एसी मिलानले […]
%d bloggers like this: