अर्जेन्टिनाका चार खेलाडिका लापरबाहीका कारण, ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। ब्राजिल र अर्जेन्टिना बीचको खेल स्थगित !!

प्रहरी तथा स्वास्थ्य बिभागले दिएको १४ दिने क्वारेन्टिन बस्ने आदेशलाइ नकारेको आरोपमा गएराती केहि मिनेटका लागि सुरु भैसकेको ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको हो।

ब्राजिलको स्वास्थ्य बिभागले अर्जेन्टिनाका चार खेलाडीले प्राबधानलाइ नमानेको कारण खेल खेल्न नदिन भनि ब्राजिलियन प्रहरीलाइ आग्रह गरेको थियो।

अर्जेन्टिनाका केहि खेलाडिहरुले १४ दिनको क्वारेन्टिन नबसे पनि, बसेको भनि झुक्क्याएको आरोप लागेको छ। युनाइटेड किङ्ग्ड्मबाट आएको हरेक यात्रुले १४ दिनको क्वारेन्टिन बस्नु पर्ने आवश्यक रहेको थियो ।

यसै कुरालाइ ध्यानमा राख्दै हालको स्थितिका लागि ब्राजिलियन स्वास्थ्य बिभागले, एमिलियानो मार्टिनेज, बुएन्दिया, लो सेल्सो र क्रिस्टियन रोमेरो जो सबै इङ्ग्ल्याण्ड्को प्रिमियर लिगमा खेल्ने गर्छन, उनीहरुलाई खेल खेल्ने टोलिवाट टाढा राख्न आदेश दिएको छ।

कन्मेबोलअनुसार , ” रेफ्रीको निर्णयका कारण अर्जेन्टिना र ब्राजिलको खेल स्थगित भएको छ। ”

अर्जेन्टिना फुटबल एसोसिएसनका प्रमुख भन्छन , ” आज जे भयो, त्यो फुटबलको लागि निकै नरमाइलो पल हो। निकै खराब तस्बिर हो यो। आफ्नो भनाइ राख्न चार मानिस पिचमा पसे अनि कन्मेबोलले भने, खेलाडिहरुलाइ ड्रेसिङ्ग रुममा जान आदेश दियो। ”

” जहा जहा ठुला लिगहरु खेल्ने गरिन्छ , सबै तिर स्वास्थ्य प्रोटोकोललाइ राम्रो संगै नियन्त्रण गरिएको पाइञ्छ। ”

अब उक्त खेल कहिले हुने भन्ने ठोस जानकारी भन्ने कन्मेबोलले भनेको छैन।

Leave a Reply

Next Post

भोलि पपुवा न्युगिनीको सामना गर्दै नेपाल, कस्तो छ त पछिल्लो तथ्यांक?

Mon Sep 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीमा ओमनमा रहेको नेपाली राष्ट्रिय टोलीले भोलि पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ। आसन्न विश्वक्रिकेट लिगको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ। नेपाल र पपुवा न्युगिनी विश्वक्रिकेट लिग डिविजन २ को एकै समूहमा रहेका छन्। खेलेको आठै खेलमा […]
%d bloggers like this: