हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। समूहको पहिलो स्थानमा रहेको अष्ट्रेलिया र चौथौ स्थानमा रहेको नेपालले आफ्नो अन्तिम समुह खेल अन्तर्गत आज एक अर्काको सामना गर्दै छन्। ७ खेल खेल्दै दुइ जित र पाच हारका साथ् ६ अंक प्राप्त गरेको नेपालले, आजको खेलमा प्राप्त गरेको परिणामले बास्तबिक महत्व केहि पनि राख्ने छैन।
विश्वकप छनोट प्रतियोगिता अन्तर्गत यस समूहमा रहेको नेपालको यात्रा त्यति उत्साहजनक भने रहन सकेन। नेपालले विश्वकपमा प्रतिस्पर्धा गर्ने र एसियाकपमा सिधै छनोट हुने र एसियाकप छनोटको तेस्रो राउण्ड्मा प्रवेश गर्ने मौका हालसम्म गुमाई सकेको छ। एसियन कप छनोटको तेस्रो राउण्डमा जाने अन्तिम आशा भने जिवितै रहेको छ। यदि नेपालले १२ टोलि सम्मिलित प्ले अफ प्रतियोगितामा आफुलाई उत्कृष्ट ८ मा राख्न सके, एसियन कप २०२३ को तेस्रो राउण्डको छनोटमा जानेछ।
कोच अब्दुल्लाले खेल हुनु भन्दा अगाडि युवा खेलाडिलाइ मौका दिने बताएका थिए र त्यस स्वरुप आज अस्ट्रेलिया बिरुद्द उत्रिने टोलि यस प्रकार रहेको छ :
गोलकिपर : किरण चेम्जोङ्ग ( कप्तान )
डिफ़ेण्डर : सुमन, अनन्त, रोहित, गौतम
मिडफिल्डर : पुजन, बिशाल, एरिक
फरवार्ड : सुमन, नवयुग, सुनिल
खेल नेपाली समय ९:४५ ( बेलुकी ) बाट सुरु हुने छ भने खेलको प्रत्यक्ष्य प्रसारण कान्तिपुर एच डिले गर्ने छ।