आइपिएलमा को-को रिटेन भए त अहिलेसम्म?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइपिलको नयाँ सिजनका लागि पुराना क्लबहरुले खेलाडीहरु रिटेन गर्ने काम लगभग सकिएको छ।

नयाँ सिजनका लागि लिलामी सुरु हुन केहि समय बाँकी रहदा पुराना फ्रेन्चाइज टोलीहरुले आ- आफ्ना महत्वपूर्ण खेलाडी हरुलाई रिटेन गर्ने गरेका छन्।

एमएस धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नारायण, आन्द्रे रसेल र ग्लेन म्याक्सवेल केही ठूला नामहरू मध्येका छन् जसलाई अवस्थित फ्रान्चाइजीहरूले आईपीएल २०२२ को लागि कायम राख्ने निर्णय गरेका छन्।

अहिले सम्म रिटेन भएका क्लब र उसका खेलाडीहरुको विवरण यसप्रकार रहेको छ:

•    दिल्ली क्यापिटल्स- ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल र एनरिक नोर्त्जे
•    चेन्नइ सुपरकिंग्स- महेन्द्र सिंह धोनी, रविन्द्र जडेजा, मोइन अली र ऋतुराज गायकवाड
•    कोलकाता नाइट राइडर्स- वरूण चक्रवर्ती, आन्द्रे रसेल, भेङ्कटेश अय्यर र सुनील नारायण
•    रोयल च्यालेन्जर्स बैंगलोर- विराट कोहली र ग्लेन म्याक्सवेल
•    मुम्बई इण्डियन्स- रोहित शर्मा र जसप्रित बुमराह
•    पञ्जाब किङ्ग्स- मयङ्क अग्रवाल र अर्शदीप सिंह
•    राजस्थान रोयल्स- सञ्जु सामसन
•    सनराइजर्स हैदराबाद- केन विलियमसन

आउँदो सिजन देखि लखानाउ र अहमदाबाद जोडिने हुँदा कुल १० टिमले सहभागी जनाउनेछन्।

आईपीएलले यस वर्षदेखि हरेक टिमलाई ९० करोडको बजेट सिमा तोकेको छ तर लिलामीमा जाँदा टोलीले रिटेन गरेका खेलाडीहरुको संख्याबाट प्रतिष्पर्धामा असर भने पर्नेछ।

आफ्ना चार खेलाडी रिटेन गरेको टिमबाट ४२ करोड बजेट काटिनेछ। यस्तै तीन मात्र खेलाडी रिटेर गर्ने टोलीको ३३ करोड काटिनेछ।  यस्तै दुई मात्र खेलाडी रिटेन गर्ने टिमको २४ करोड र एक मात्र खेलाडी रिटेन गर्ने टोलीको १४ करोड भारतीय रूपैया काटिनेछ।

Leave a Reply

Next Post

बार्सिलोनाको बार्यन विरुद्ध निर्णायक खेल बन्द रंगशालामा खेलाइने

Tue Nov 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखले अर्को हप्ता च्याम्पियन्स लिगमा दर्शकविना बार्सिलोना संगको खेल आयोजना गर्ने भएको छ उच्च कोरोनाभाइरस संक्रमण दरको कारण खाली स्टेडियमहरूमा खेलकुद कार्यक्रमहरूको माग फेरी आउन थालेपछि गभर्नरले उक्त कदम चाल्ने बताईएको छ। बभेरियाका गभर्नर मार्कस सॉडरद्वारा उच्च पदाधिकारीहरु संग छलफल गर्ने र उक्त निर्णय गर्ने […]
%d bloggers like this: