आइपिएल २०२२ : चेन्नाई सुपर किंग्सको लगातार तेस्रो हार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारि इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले हारको सिलसिला जारि राखेको छ।

पन्जाब किंग्स विरुद्ध ५४ रनको हार बेहोर्दै चेन्नाईले जारी आईपिएल संस्करणमा लगातार तेस्रो हार बेहोरेको हो।

पन्जाबले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाइ, १८ ओभरमा केवल १२६ रन बनाउँदा समेटिन पुगेको थियो। 

सुरुवातबाटै लगातार विकेट गुमाएको चेन्नाई सुपर किंग्सका लागि छैठौं विकेटका लागि महेन्द्र सिंह धोनी र शिबम दुबेले ६२ रनको साझेदारी गरेका थिए।

चेन्नाईका लागि शिवम दुबैले सर्वाधिक ५७ रनको पारी खेले भने पूर्व कप्तान महेन्द्रसिंह धोनीले २३ रन बनाए।  

ओपनर रोबिन उथप्पा १३ रन बनाउँदा पेभेलियन फर्किए भने मध्यक्रमका ब्याट्स्म्यान अम्बती राइडुले १३ रन जोडे।

चेन्नईलाई सस्तैमा समेट्ने क्रममा पञ्जाबका स्पिनर राहुल चाहरले सर्वाधिक ३ विकेट लिए।

त्यसै गरि बैबभ अरोराले र लियाम लिभिंगस्टोनले दुई दुई विकेट लिंदा रबाड़ा, ओडीन स्मिथ र अर्श्दिप सिंहले समान एक एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १८० रन जोडेको थियो।

पंजाब लाई चुनौती पूर्ण स्कोर खडा गर्नका लागि अलराउन्डर लियाम लिभिंगस्टोनले ३२ बलमा ६० रनको शानदार पारी खेलेका थिए।

ओपनर शिखर धवनले ३३ रन जोडे भने जितेश शर्माले १३ रन बनाए. पञ्जाबका तर्फबाट अन्य ब्याट्सम्यानहरुको योगदान त्यति उल्लेख्य रहन सकेन।

सिंचाइका लागि कप्तान रविन्द्र जडेजा, मुकेस चौधरी र ड्वेन ब्राभोले एक- एक विकेट लिए भने प्रेटोरियस र क्रिस जोर्डनले समान २-२ बाँडेका थिए।

खेलमा ६२ रन र दुई विकेट लिएका लिभिंगस्टोन म्यान अफ द म्याच घोषित भए।

पराजित चेन्नाई तालिकामा नवौ स्थानमा रहेको छ भने दोस्रो जित निकालेको पन्जाब चौथो स्थानमा रहेको छ।

 

Leave a Reply

Next Post

लालिगामा दोस्रो स्थानमा उक्लियो बार्सिलोना, जाभीको उपाधि माथि नजर

Mon Apr 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुई साताको अन्तर्राष्ट्रिय ब्रेक पछि मैदानमा पुनः उत्रिएको बार्सिलोनाले सेभियामाथि १-० को साँघुरो जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लगातार १४ खेलमा अपराजित यात्रा कायम गर्ने क्रममा बार्साका लागि पेड्रीले एक मात्र गोल गरेका थिए। जितसँगै बार्सिलोना ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ […]
%d bloggers like this: