हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| इण्डियन प्रिमियर लिगमा कलकत्ता नाईट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गरको छ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बैंगलोरको निर्णयलाई विफल तुल्याउँदै कलकत्ता ले उत्कृष्ट बलिङ गरेको थियो।
पहिले ब्याटिङ गर्ने निर्णय गरेको बैंगलोरलाई कलकत्ताले १९ ओभरमा केवल ९२ रनमा अल आउट गरेको थियो।
निकै खराब प्रदर्शन गरेको बैंगलोरको टिमका लागि ओपनर देवदत्त पडिकलले सर्बाधिक २२ रन जोडेका थिए।
बैंगलोरका कप्तान बिराट कोहली केवल ५ रनमा पेभेलियन फर्किएका थिए।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका श्रीकर भरतले १६ रन बनाउँदा ग्लेन म्याक्सवेलले १० रन बनाए भने मध्यक्रमका स्टार ब्याट्सम्यान डिभिलियर्स डक आउट हुन पुगेका थिए।
मध्यक्रममा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन नसक्दा बैंगलोर केवल ९३ रनमा समेटिन पुगेको थियो।
रोयल च्यालेन्जर्स बैंगलोरलाई सस्तैमा समेट्ने क्रममा कलकत्ताका तीव्र गतिका बलर आन्द्रे रसेल र स्पिनर वरुण चक्रवर्तीले उत्कृष्ट बलिङ गरे। ४ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका चक्रवर्तीले बैंगलोरको मध्य क्रमलाई ध्वस्त पारेका थिए।
मध्यम गतिका बलर प्रसिद्द कृष्णाले दुई विकेट लिए भने लकी फरगुसन ले २ विकेट लिएका थिए। त्यस्तै गरी आन्द्रे रसेलले ३ ओभरमा ९ रन दिँदै ३ विकेटको शानदार स्पेल प्रस्तुत गरेका थिए।
९३ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको कोलकाताका लागि ओपनरद्वय सुभमण गिल र बेनकटेश ऐयारले ८२ रनको राम्रो साझेदारी गरेका थिए।
१० ओभर अगावै खेल जितेको कलकत्ताका लागि सुभमन गीलले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतले ४८ रन बनाए भने ऐयारले २७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए।
रोयल च्यालेन्जर्स बैंगलोरको लागि एकमात्र विकेट उसका अनुभवी स्पिनर यजुवेन्द्र चहलले लिएका थिए।