आईसिसिले नेपाल क्रिकेट संघलाई दिने बजेट बढ्यो, अब झन्डै दोब्बर पाउने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ।

तोकिएको मापदण्ड पूरा गरेको भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो।

क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ हजार डलर ‘कम्पिटिसन ग्रान्ट’ दिँदै आएको थियो।

‘आईसीसीले क्यानको वार्षिक बजेट वृद्धि गरेर १३ लाख २० हजार डलर पुऱ्याइदिएको छ। यो बजेट प्रतियोगिताहरूमै केन्द्रित भएर खर्च गर्नुपर्छ,’ क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए।

उनका अनुसार आईसीसीले कम्पिटिसन ग्रान्टमा १२ हजार डलर वृद्धि गर्दै ‘स्कोरकार्ड ग्रान्ट ५ लाख ६० हजार डलर दिने निर्णय गरेको हो । क्यानको कार्यशैलीबाट प्रभावित भएर आईसीसीले वार्षिक बजेट बढाएको कोषाध्यक्ष सिंहको दाबी छ।

‘उनीहरूले दिएको निर्देशिका अनुरुप क्यानले कार्य गर्दै आएको थियो।

त्यसअनुरूप पनि हाम्रो बजेटमा वृद्धि भएको हो, उनले भने, ‘अरू राष्ट्रलाई बजेट बढाएकोबारे हामीलाई थाहा छैन, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भइसकेपछि अन्य देशले जस्तो पाउने रकम आर्थिक रूपमा निलम्बनकै हिसाबले हुनसक्छ हामीले पाइरहेका थिएनौं, तर वृद्धि गरेको बजेटको पैसा हिजो (सोमबार) आइसकेको छ । उनले बताए’

क्यान आर्थिक अनियमिता र राजनीतिक किचलोको कारण सन् २०१६ देखि २०१९ सम्म निलम्बनमा थियो । उक्त रकम भने पूर्ण रुपमा फुकुवा भएपछि मात्र पठाउने बुझिएको छ। क्यानले २०२२ मा २२ करोड बजेट बनाउँदै पठाएको थियो ।

आइसिसीसँग १८ करोड र चार करोड प्रायोजकबाट भित्र्याउने योजनाका साथ पठाएको थियो ।

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिगमा आज म्यानचेस्टर युनाईटेड र योंग बोइज भिड्दै

Wed Dec 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज बेलुकी म्यानचेस्टर युनाइटेड र योन्ग बोइज आपसमा भिड्दै छन्। समुह चरणको अन्तिम खेल म्यानचेस्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा बेलुकी १:४५ मा हुँदैछ। समूह चरणमा १ खेल अगाबै नकआउट चरणमा पुगिसकेको म्यानचेस्टर युनाईटेडले आज आफ्ना केही महत्वपूर्ण खेलाडीहरुलाई विश्राम दिने बताइएको […]
%d bloggers like this: