हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाबाट यसै समरमा पेरीस सेन्ट जर्मेन पुग्दा लियोनल मेस्सीले बिश्वमा तहल्का मच्चाएका थिए।
इन्टरनेटको दुनियाँमा उनले अनेकौं रेकर्ड तोड्दै दशकौंमा एकपटक मात्र देख्न पाइने सनसनी मच्चाए।
करिब दुई दशक बार्सिलोनामा बिताएका उनले आफू हुर्किएको क्लब छोड्दा निकै भावुक देखिन्थे।
सधै एउटै लिगमा मात्र बसेको, एउटा सिस्टम भन्दा बाहिर जाने नसकेको जस्ता कुरा चलीरहँदा मौन बसेका मेस्सीको बहिर्गमन निकै अप्रत्याशित थियो।
तर पेरिसमा आएको दुई महिनाभन्दा बढी भइसक्दा पनि लियोनल मेस्सीले लिगमा गोल गर्न सकिरहेका छैनन्।
युरोपियन च्याम्पियन्स लिगमा भने तीन खेलमा तिननै गोल गरेका लियोनल मेसी घरेलु लिगमा भने हराएको जस्तो देखिन्छन्। ४ खेलमा २८० मिनेट खेलिसकेका लियोनल मेस्सीले गोल र अशिष्ट दुवै गर्न सकेका छैनन्।
आइतबार १० खेलाडीमा सिमित बनेको पेरिसका लागि मर्सेली विरुद्धको खेलमा पनि मेस्सीले कुनै कमाल देखाउन सकेनन्। फ्रेन्च लिगमा आफ्नो पहिलो डर्बी खेल खेलेका लियोनल मेसीको अनुभव त्यति राम्रो हुन सकेन। डर्बी खेल मात्र हैन समग्र लिगमै मेस्सी राम्रो फर्ममा देखिँदैनन्।
गत अगस्टमा रिम्स विरूद्ध डेब्यु गरेपछि मेस्सीले अन्य तीन खेल खेलिसकेका छन्। युरोपियन च्याम्पियन्स लिगमा भने म्यानचेष्टर सिटी (१) र आरबी लाइपजिग (२) विरुद्ध समूह चरणमा भने गोल गरिसकेका छन्। विश्वकै महान खेलाडी मध्येका एक उनि गोल गर्न यति ढिला गर्दा प्रसंशकहरुले भने केहि खल्लो भने महसुस गरेका छन्।
रोनाल्डोले अरु लिगमा गरेको प्रदर्शनले पनि मेस्सीका समर्थकहरु बीच शंका पैदा हुन थालेको छ, कतै मेस्सी विफल हुने त हैनन् भनेर।
जे होस उनका प्रशंसकहरुले नयाँ लिगमा उनको गोल हेर्न अझै केही समय कुर्नुपर्ने भएको छ।