” आगामी सिजनहरुलाई सफल बनाउने प्रयास रहने छ …..” रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज रोनाल्डोको मेडिकल टेस्ट सफलताका साथ् सकिएको छ र युनाइटेडसंगको अनुबन्धन पुरा रुपमा सम्पन्न भएको छ।

युभेण्टसबाट म्यान्ह्चेस्टर युनाइटेडमा आएका रोनाल्डोले अगाडी नै धेरै रेकर्डहरु तोडिसकेका छन भने अबको समय उनकालाई लागि झनै उपलब्धिमुलक हुने देखिएको छ।

मेडिकल सफल भएसंगै म्यानचेस्टर युनाइटेडले रोनाल्डोको अनुबन्धन सफल भएको कुरालाइ कन्फर्म गरेको हो।

म्यानचेस्टर युनाइटेडसंग अनुबन्धन पछि आज पहिलो पटक रोनाल्डोले बिज्ञप्ति जारि गरेका छन्।

उनि भन्छन् , ” म्यानचेस्टर युनाइटेडले क्लब सधैभरि मेरो मुटुमा एक बिशेष ठाउ ओगट्ने छ। ओल्ड ट्राअफ़डमा गएर भरि स्टेडियममा समर्थकहरुको अगाडी खेल्न मा आतुर छु र सबै समर्थकहरुलाइ पुन एक पटक हेर्न चाहन्छु। अबको सिजनलाइ सफल सिजन बनाउने कोसिस रहने छ। शुक्रबार मैले पाएको मेसेजहरु र कामनाहरु प्रति मा आभारी छु। ”

रोनाल्डोको कनट्र्याक्ट दुइ बर्षेको हुने छ जसमा रिनियुको ओप्सन पनि रहेको छ।

उक्त ट्रान्सफरलाइ लियर प्रशिक्षक ओले भन्छन , ” रोनाल्डोको व्याख्या गर्नलाइ जहिल्यै पनि हामीसंग शब्दको कमि हुने गर्छ। रोनाल्डो महान खेलाडी मात्रा नभएर एक महान व्यक्तित्व पनि हुन्। यति लामो समयसम्म टप लेभलमा रहनलाई बिशेष क्षमता भएकै हुन पर्छ। उनले आफ्नो प्रतिभा र अनुभबले हामी सबैलाई फेरी पनि चकित पार्ने छन् र उनको अनुभबले युवा खेलाडीहरुलाई निकै नै मद्दत मिल्ने छ। ”

रोनाल्डोले युनाइटेडका लागि ११ सेप्टेम्बरको खेलमा सहभागिता जनाउने छन् भने उनको स्वागत नि त्यहि दिन हुने कुरा रहेको छ।

उनले इन्स्टाग्राममा एक पोस्ट मार्फत भने : ” मलाई चिन्ने मानिसहरुले, युनाइटेड प्रतिको मेरो कहिल्यै समाप्त नहुने मायाको बारेमा थाहा पाएकै हुन्छ। युनाइटेडमा मेरो आगमनको घोषणा भए संगै, मा निकै खुसि भएको छु। यो एक सपना साचो भए जस्तो हो, मैले धेरै पटक युनाइटेड बिरुद्द खेले पनि, समर्थकहरु माझ मेरो माया अझै पनि उस्तै रहेको छ। मेरो पहिलो घरेलु लिग, पहिलो कप्, पोर्चुगलको टोलिमा पहिलो पटक समाबेश हुनु, पहिलो गोल्डेन बुट , पहिलो बेलों डि ओर सबै यहि बाट सुरु भएको हो। इतिहास लेखिएको थियो र अब फेरी इतिहास लेखिने छ। “

Leave a Reply

Next Post

महान खेलाडी डेल स्टेनले लिए सबै खाले क्रिकेटबाट सन्यास

Tue Aug 31 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अफ्रिकाका महान तेज गतिका बलर डेल स्टेनले आफुले सबैखाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। मंगलबार दिउँसो एक ट्विटमा आफूले अब सबै खाले क्रिकेटबाट सन्यास लिएको कुरा उनले प्रष्ट्याएका थिए। सन् २००४ बाट दक्षिण अफ्रीका बाट डेब्यु गरेका ३८ बर्षीय डेल स्टेनलाई आधुनिक क्रिकेटका महान […]
%d bloggers like this: