हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोभिडका कारण यसैवर्ष रोकिएको इन्डियन प्रिमियर लिगका दोस्रो चरणका खेल आजबाट सुरु हुँदैछन्।
लिगमा सातौं चरणका खेल सम्पन्न भइसकेपछि गत मे मा कोरोनाका कारणले बाँकी खेलहरु स्थगित भएका थिए।
आइपिएलको अबका खेलहरु दुबईमा हुने छन्।
आज हुने पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स सामने हुँदैछन्।
आईपीएल क्रिकेटमा यस खेल निकै बहुप्रतीक्षित मानिने गरिएको छ।
आइपीएलमा सर्बाधिक सफल क्लबमध्ये अग्रस्थानमै आउने दुई टीम चेन्नई र मुम्बई नै रहेका छन्।
आईपीएलको एल क्लासिको समेत भनेर चिनिएको यस खेलमा, दुई टोलीले आपसमा कुल ३१ खेल खेलेका छन्। मुम्बईले सर्वाधिक १९ जित निकालेको छ भने चेन्नईले १२ खेल जितेको छ।
यसै सिजन मुम्बईले चेन्नई माथि ४ विकेटको जित दर्ता गरेको थियो। अरुण जेट्ली मैदानमा भएको उक्त खेलमा मुम्बईले सानदार तरिकाले चेन्नईले दिएको २१८ रनको बिशाल विजय लक्ष्य पछ्याएको थियो।
गत वर्षको लिग च्याम्पियन मुम्बई यसपाली पनि उपाधि जित्दै लगातार तीन पटक उपाधि जितेर इतिहास रच्ने दौडमा छ भने चेन्नाई सुपर किंग्स गत सिजनको खराब फार्मबाट टिममा लागेको दाग पखाल्ने क्रममा आफ्नो पुरानै छवि फर्काउन चाहन्छ।
समान ७-७ खेल खेलेका यी दुई टोली मध्ये चेन्नाईले ५ खेलमा जित र दुईमा हार व्यहोरेको छ। तालिकाको शीर्ष स्थानमा रहेको देल्लीको टिमबाट केवल दुई अङ्क पर रहँदै तालिकाको दोस्रो स्थानमा रहेको छ।
मुम्बईले भने ४ मा जित र ३ मा पराजय भोगेको छ। ७ खेलमा ८ अङ्क बटुलेको मुम्बई इण्डियन्स तालिकाको चौथो स्थानमा रहेको छ।
खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने भएको छ।