आज नेपाल र अमेरिका भिड्दै, कसरी हेर्ने लाइभ – सबै जानकारी !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल र अमेरिकाले विश्व क्रिकेट लिग २ अन्तर्गत आज एकअर्काको सामना गर्दै छन्।

पीएनजी संग अभ्यास खेलहरु खेलेका दुवै टोलि निकैनै बलिया देखिएका छन्। अन्तिम पटक दुइ को भेट हुदा, नेपाल पूर्ण रुपमा हाबी भएको थियो।

दिउसो/राति गरेर खेलिने उक्त खेल नेपाली समय दिउसो ४:१० बजे सुरु हुने छ। अन्तिम पटक नेपालले डे नाइट खेल खेल्दा, पारस खड्काले शतकीय पारि खेलेका थिए।

आजको खेलमा जित निकाल्न नेपाललाइ एकदमै आवश्यक रहेको छ। छैठौ स्थानमा रहेको नेपालले ४ अंक बटुलिसकेको छ भने यस शृंखलामा तिन खेल जित्न सके, नेपालले अंक तालिकामा राम्रो स्थिति कायम गर्ने छ।

खेल हुने मैदान : अल अमिरत
समय : ४:१५ नेपाली समय ( दिउसो )
लाइभ : डिसहोम – एक्सन स्पोर्ट्स
नेपाली टोलीमा परिवर्तन – दिपेन्द्र एरिले चोटका कारण शृंखला नै गुमाउने

एक्सन स्पोर्ट्समा प्रसारण हुने खेल टेलिभिजन अथवा , नेट टिभी मार्फत सफाई खालका डिभाइसहरुमा हेर्न सकिने छ। नेट टिभि वर्ल्ड्लिङ्क साथि धेरै अरु इन्टरनेट सेवा प्रदान गर्ने कम्पनिहरुले उपलब्ध गराएका हुन्छन। यसको सुबिधा भने नेपालमा मात्रै रहेको छ। एक्सन स्पोर्ट्सले युटुबमा पनि प्रसारण गरे , विश्वभरका दर्शकले खेल हेर्न पाउने छन्।

Leave a Reply

Next Post

बेन्जेमाको ह्याट्रिक संगै रियल मड्रिडको उत्कृस्ट पुनरागमन

Mon Sep 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ | ला लिगा अन्तर्गत चौथो चरणको खेलमा रियल मड्रिडले सेल्टाभिगो लाई ५-२ गोल अन्तरले पराजित गरेको छ। रियल मड्रिडको जितमा फ्रान्सेली स्ट्राइकर कारिम बेन्जेमा ले ह्याट्रिक गरे। खेलको चौथो मिनेटमै १-० ले पछि परेको स्थितिलाई उल्टाउँदै रियल मड्रिडले सेल्टा भिगो विरुद्ध ५ गोल गर्न सफल भयो। […]
%d bloggers like this: