हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । नेपालले आज बेलुकी ९:४५ बजे जोर्डनको सामना गर्ने छ।
नेपालले आफ्नो समूहका ६ वटा खेल खेलिसकेको छ र अब दुइ खेल खेल्न बाकी रहेको छ। ६ खेल मध्ये दुइ खेलमा चाइनिज ताइपाइलाइ पराजित गरेको नेपालले ४ वटा खेलमा निराशाजनक हार बेहोरेको थियो।
नेपालले अबको दुइ खेलमा, जुन ७ तारिकमा जोर्डनको सामना गर्ने छ भने अर्को खेलमा अस्ट्रेलियाको सामना गर्ने छ। विश्वकप छनोटको समूहमा चौथौ स्थानमा रहेको नेपालको विश्वकप छनोटमा पुग्ने आशा न्यून रहे पनि एसियन कप २०२३ मा छनोट हुने मौका भने जिवितै छ।
जोर्डनबिरुद्द नेपालका पछिल्ला खेलहरुको नतिजा कस्तो थियो त ?
नेपाल र जोर्डन अहिलेसम्म तिन पटक आमने सामने आएका छन्। २०११ को जुलाईमा भएको पहिलो राउण्डको खेलमा जोर्डनले नेपाललाइ ९-० को बिशाल गोलान्तरले पराजित गरेको थियो। त्यसकै एक साता पछि नेपाली भुमिमा खेलिएको खेलमा नेपालले १-१ को बराबरी गरेको थियो।
त्यसपछि २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो राउण्डमा नेपालले जोर्डनको घरेलु स्थानमा जोर्डनको सामना गरेको थियो। उक्त खेलमा नेपाल ३-० गोलान्तरले पराजित भएको थियो।
कोरोनका कारण नेपालमा हुने भनिएको खेल कुवेत सारियो त्यसैले कुवेतकै मैदानमा नेपालले आफ्ना सबै खेल खेल्ने भएको हो। उही शिलसिलामा नेपालले चाइनिज ताइपेइलाइ पराजित गरिसकेको छ भने अब दोस्रो जितको पर्खाइमा छ।
नेपाल र जोर्डान बिचको खेल के मा हेर्ने त?
नेपाल र जोर्डानको खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुने छ। खेल आज बेलुकी ९:४५ बजे हुने छ ।
साथै विभिन्न युट्युब च्यानल तथा फेसबुक पेजले पनि उपलब्ध गराउदै आएका छन !