हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सर्वाधिक सफल क्लब लिभरपुल र म्यानचेष्टर युनाइटेड आमनेसामने हुँदै छन्।
इंग्लिस फुटबलमा मात्र नभई समग्र फुटबल जगतमा निकै रुचाइने यो खेल म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा खेलीदैछ।
म्यानचेस्टर युनाईटेड प्रिमियर लिगमा सर्वाधिक २० पटकको विजेता हो भने लिभरपुल १९ पटकको विजेता रहेको छ।
अत्याधिक सफलता र विशेष कट्टरपन्थीका कारण यो खेल इंग्लिस क्यालेन्डरमा महत्वपूर्ण मध्ये एक मानिन्छ।
तर पछिल्लो समय म्यान्चेस्टर युनाइटेडको अवस्था भने सम्झनलायक रहेको छैन। उसले सुरुवाति दुई खेल गुमाइसकेको छ।
डच प्रशिक्षक एरिक टेन ह्यागको नयाँ नेतृत्वमा रहेको टोलिले उनको शैलीलाई समाउन निकै संघर्ष गरिरहेको छ।
ब्राइटन विरुद्ध घरेलु मैदानमै २-१ ले गुमाएको युनाइटेड, दोस्रो खेलमा ब्रेंटफोर्ड विरुद्ध ४-० को लज्जास्पद पराजय व्यहोरेको थियो।
गत सिजन पनि शिर्ष ४ मा छनौट हुन नसकेको युनाइटेडका लागि उसका कुनै पनि महत्वपूर्ण खेलाडीहरुले योगदान दिन सकेका छैनन्।
रियल मड्रिडबाट ६० मिलियनमा डिफेनसिभ मिडफिल्डर क्यासेमिरो आउने पक्का भइसकेपनि, उनि लिभरपुल विरूद्धको खेलमा हुने छैनन्।
उनलाई आज ओल्ड ट्राफोर्डमा दर्शकमाझ अनावरण गर्न सकिने इंग्लिस मिडियाहरुले बताएका छन्।
दुई सिजन अघि कीर्तिमानी १९ औं पटक लिग उपाधि जितेको लिभरपुलको अवस्था पनि अहिले खासै राम्रो छैन।
रेड्स टोलि सुरुवाती दुबै खेलमा संघर्ष गर्दै जित निकाल्न प्रयासरत रहेको छ।
पहिलो खेलमा फुह्याम विरूद्ध २-२ को बराबरी खेलेको लिभरपुलले दोस्रो खेलमा क्रिस्टल प्यालेस बिरुद्ध एनफिल्डमा १-१ मा चित्त बुझायो।
क्लब रेकर्ड तोड्दै कीर्तिमानी १०० मिलियनमा एनफिल्ड भित्रिएका डार्विन नुनेज, युनाइटेड विरुद्धको खेलमा भने हुने छैनन।
क्रिस्टल प्यालेस बिरुद्धको खेलमा रातो कार्ड खादै बाहिरिएका कारण उनले सिजनको महत्वपूर्ण खेल मध्येको एक गुमाउने भएका हुन्।
खेल नेपाली समयअनुसार बेलुकी १२:४५ मा म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।