आज म्यानचेस्टर सिटि र रियल मड्रिड भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बहुप्रतीक्षित च्याम्पियन्स लिगको सेमिफाईनल अन्तर्गत पहिलो लेगमा आज म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्दैछन्।

म्यानचेष्टर सिटीको घरेलु मैदान इतिहास मैदानमा सर्वाधिक १३ पटकको विजेता रियल मड्रिडले आफ्नो चुनौती प्रस्तुत गर्नेछ।

नकआउट चरणमा पिएसजी र  क्वार्टरफाइनलमा साबिकको बिजेता चेल्सीलाई सनसनीपूर्ण रुपले हराउँदै रियल मड्रिडले यस सिजनको सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

घरेलु शिर्ष डिभिजनमा पनि शीर्ष स्थानमा रहेको रियल मड्रिडका लागि शीर्ष दुई उपाधि जित्दै सिजनको अन्त्य गर्ने राम्रो मौका रहेको छ।

अर्कोतिर निकै शानदार फर्ममा रहेको इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटि, शिर्ष दुई उपाधि जित्ने अभियानमा रहेको छ।

नकआउट चरणमा पोर्चुगिस टोली स्पोर्टिंग र फाइनलमा स्पेनिस टोली एथ्लेटिको मड्रिडलाई हराएको सिटि आफ्नो पहिलो यूरोपीय उपाधि जित्ने लक्ष्यमा छ। 

स्मरणरहोस् चेल्सीले गतवर्ष म्यानचेष्टर सिटीलाई पराजित गर्दै, आफ्नो दोस्रो युरोपेली च्याम्पियनसिपको उपाधि हात पारेको थियो। 

उच्च लयमा रहेका फ्रान्सेली स्टाइकर बेन्जेमाको प्रेरणामा लगातार उत्कृष्ट खेल प्रदर्शन गरिरहेको रियल मड्रिडका लागि खेल सजिलो भने हुनेछैन। 

च्याम्पियन्स लिगमा अहिलेसम्म ६ पटक भिडेका यी दुवै टोलीले, समान दुई खेल आफ्नो पक्षमा पार्दै दुई खेलमा भने बराबरीको नतिजा निकालेका छन्। 

रियल मड्रिड विरुद्धको पछिल्लो दुई खेलमा म्यानचेष्टर सिटीले राम्रो नतिजा निकालेको छ। 

दुई सिजन अघि जिनेदिन दानको मध्ये टोलीलाई दुबै लेखमा पराजित गर्दै सिटीले क्वार्टरफाइनल पुगेको थियो। 

म्यानचेष्टर सिटीले सबै खेलमा गरेर पछिल्लो पाँच खेलमा २ मा जित, दुई  बराबरी र एकमा हार बेहोरेको छ। 

अर्कोतिर रियल मड्रिडले भने ५ खेल खेल्दा एकमा पराजय व्यहोरेको छ भने चार खेलमा जित निकाल्न सफल भएको छ। 

म्यानचेष्टर सिटीका तर्फबाट निकै उत्कृष्ट लयमा रहेका मिडफिल्डर केभिन डी ब्रुन र रियल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाको प्रदर्शनले यस खेलको नतिजामा ठुलो फरक पर्नेछ। 

Leave a Reply

Next Post

जब मेस्सीले रोनाल्डोसंग खेल्ने इच्छा देखाएका थिए

Wed Apr 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले विगत दुई दशक देखि आधुनिक फुटबलमा प्रभुत्व जमाउँदै आएका छन्। रोनाल्डो र मेस्सी दुवैले विश्वका शीर्ष दुई फुटबलर बन्ने बाटोमा गोलको किर्तिमानको पहाड खडा गरेका छन्। उनीहरूले स्तर यस्तो निर्धारण गरेका छन् पनि दुवैले विगत डेढ दशकमा १२ पटक उत्कृस्ट अवार्ड […]
%d bloggers like this: