आन्द्रेस इनेस्टा पुनः बार्सिलोना फर्कन इच्छुक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएस्टाले आफू केही क्षमतामा पुनः क्याम्प नोउ फर्कन चाहेको खुलासा गरेका छन् ।

स्पेनिस मिडफिल्डरले यसअघि २०१७ मा बार्सिलोनासँग आजीवन सम्झौता गरेका थिए तर केहि महिना पछि २०१८ मा क्लब छोडेर जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए।

पूर्व मिडफिल्ड साझेदार जाभी मुख्य प्रशिक्षकको रूपमा फर्किएसँगै इनिएस्टाका लागि पनि क्याटालोनियामा फर्कने ढोका खुलेको छ।

तर खेल जीवनबाट सन्यास पछि क्लबमा एक भूमिकाको बारेमा मुख्य रूपमा सोचिरहेको उनले बताएका छन्।

“म बार्सिलोना फर्कन मन पराउँछु। म संस्थालाई सहयोग गर्न चाहन्छु। त्यहाँ धेरै कुराहरु संलग्न छन् र भविष्यमा के हुन्छ थाहा पाउन गाह्रो छ,” इनिएस्टाले पत्रकार जेरार्ड रोमेरोलाई भने।

“बार्सिलो मेरो घर हो र म त्यहाँ भन्दा राम्रो हुन सक्दिन। आज, मलाई खेल्ने बारे धेरै सोच्न मनपर्छ। आज मलाई सबैभन्दा बढी यही कुराले मोहित बनाएको छ।

“उनीहरूले भनेजस्तै समय मेरो विरुद्ध दौडिरहेको छ, र मलाई थाहा के हुनेछ पछि म कहाँ हुनेछु।म रिटायर हुँदा कहाँ हुनेछु पत्तो छैन।”

“धेरै पटक मेरो दिमागमा यो कुरा आउँछ कि म प्रशिक्षकको उपाधि प्राप्त गर्न चाहन्छु वा खेल निर्देशक बन्न चाहन्छु। म फुटबलसँग जोडिन चाहन्छु, यो बिल्कुल सहि हो।”

“म पनि त्यही कुरा चाहन्छु जुन बार्सिलोनाका सबै फ्यानहरूले टोलीको लागि राम्रो गर्न चाहन्छन्, क्लब पुनः पुरानै तहमा फिर्ता आओस र ट्रफीहरु फेरी जितोस।”

“जे पनि हासिल गर्न सम्भव छ। तर सबै कुरालाई उचित समय चाहिन्छ।” उनले बताए।

इनेस्टाले युरोपमा हुँदा ला-मासिया देखि सिनियर टोलि, सम्पूर्ण समय बार्सिलोनामा बिताएका थिए। बार्सिलोनाका लागि ६५० बढी खेल खेलेका मिडफिल्डका महान खेलाडी आन्द्रेसले कुल ३५ ट्रफी जितेका थिए।

Leave a Reply

Next Post

विश्वकप छनौट : भोलि नेपाल र ओमान भिड्दै, यस्तो छ पछिल्लो नतिजा

Thu Feb 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भोलिबाट शुरु हुने आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट २०२२ को छनौट चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेल घरेलु टोलि ओमान विरुद्ध खेल्दैछ। यसैवर्ष ओमान र दुबईमा भएको आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलिसकेको बलियो राष्ट्र ओमान बिरुद्ध नेपाली टोलीलाई खेल सहज हुने स्थिती भने देखिँदैन। तर […]
%d bloggers like this: