आन्सु फाति अहिले सम्मकै सबैभन्दा खराब समयबाट गुज्रदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका घरेलु उत्पादन रहेका आंसु फाति बिहीबारको कोपा डेल रेमा एथलेटिक बिल्बाओसँगको हारमा चोट बोकेपछि उनलाई प्रतिस्थापन गरिएको थियो।

क्लबले उनको ह्यामस्ट्रिङको मांसपेशीमा तनाव भएको पुष्टि गरेको थियो।

लगातार चोट संग संघर्ष गरिरहेका अन्सु फातीले, उनी फुटबलको सबैभन्दा खराब भागमा बाँचिरहेको बताएका छन्।

निकै लामो समय पश्चात जनवरीमा मैदान फर्किएका, उनी पुनः अर्को चोटपटक बोके पश्चात केहि समयको लागि फेरी बाहिर रहन सक्ने अनुमान गरिएको छ।

१९ वर्षीया युवा खेलाडीको शल्यक्रिया गर्ने वा नगर्ने भनेर निर्णय हुन बाँकी छ, तर उनी कम्तिमा दुई महिनाको लागि बाहिर रहने अपेक्षा गरिएको छ।

यस्तो अनुपस्थिति फाटीको लागि एक क्रुशिंग झटका हुनेछ, जो एथलेटिक विरुद्धको पिच छोड्दा आँसुमा देखिन्थे, यो समस्याग्रस्त चोटहरूको श्रृंखलामा पछिल्लो घटना रहेको छ।

फातिले यस सिजनमा सबै प्रतियोगिताहरूमा केवल १० खेल मात्र खेलेका छन् र उनी भर्खरै दुई महिनाको ह्यामस्ट्रिङ चोटबाट फर्केका थिए।

घुँडाको गम्भीर चोटका कारण फातीले यसअघि १० महिना बिताएका थिए । यस सिजन सेप्टेम्बरमा आफ्नो बार्सिलोना करियर पुन: सुरु गरेका फाति चोटका कारण पुन थालिएका थिए।

मैदान फर्कनु अघि, फातीलाई क्याम्प नोउमा पोस्ट-लिओनेल मेस्सी इराको पोस्टर बोइको रूपमा हेरिएको थियो, जसमा स्टार लिओनेल मेस्सीको १० नम्बरको जर्सी पनि उनलाई प्रदान गरिएको थियो।

तर दुःखका बाबजुद पनि उनले संघर्ष जारी राख्ने वाचा गरेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा लेख्दै, फातीले भने: “दुर्भाग्यवश, म फुटबलको सबैभन्दा खराब भागमा बाँचिरहेको छु।

“तर म कहिल्यै हार मान्ने छैन! तपाईंको समर्थन र मायाको सन्देशहरूको लागि धेरै धेरै धन्यवाद!”

फातीको शल्यक्रिया हुन्छ कि हुँदैन भन्ने कुरा सोमबार सार्वजनिक हुने बताइएको छ ।

Leave a Reply

Next Post

रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ८ जनाको मृत्यु

Tue Jan 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ८ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन् । क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार […]
%d bloggers like this: