आफ्नै घरेलु मैदानमा रियल मड्रिड मोल्डोभाको क्लब शेरिफसंग पराजित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । च्याम्पियन्स लिगको समूह डि अन्तर्गतको खेलमा, फुटबल क्लब शेरिफले रियल मड्रिडलाइ २-१ को गोलान्तरले पराजित गरेको छ।

च्याम्पियन्स लिगमा प्रवेश गरेको नया टोलि फुटबल क्लब शेरिफले मड्रिडलाइ आफ्नै माटोमा पराजित गर्दै, समूह तालिकाको शिर्षस्थानमा आफुलाई राखेको छ।

२५ औ मिनेटमा अग्रता लिएको शेरिफले राम्रो अलअराउण्ड प्रदर्शन देखाएको हो।

हाफ टाइम सकिदा, अप्रत्यासित ढंगबात शेरिफले अग्रता लिएको थियो । मोल्डोभाको क्लब शेरिफले अनुशासित खेलको प्रदर्शन गर्दा, रियल मड्रिडलाइ दबाबमा राखेको थियो । पहिलो हाफको धेरै समय शेरिफले आफ्नै बोक्समा डिफेन्ड गर्दै बितायो भने, पाएको एक सुनौलो मौकालाइ राम्रो संग गोलमा परिणत गर्यो।

दोस्रो हाफ सुरुभएको केहि समयसम्म दुवै टोलीबाट त्यति धेरै कोसिस हरु भएनन्, तर खेलको ६१ औ मिनेटमा भिनिसियास जुनियर माथि कोस्टाञ्जाले गरेको फलका कारण, रियल मड्रिडलाइ पेनाल्टी किकको मौका मिल्यो।

करिम बेन्जेमाले पेनाल्टीलाइ गोलको रुपमा परिवर्तन गर्दा, खेलले बराबरीको मोड लिएको हो। ६८ औ मिनेटमा भिनिसियासको उत्कृष्ट सटलाइ बचाउ गर्दै, अथनासियादिसले शेरिफलाइ पछाडी पर्न बाट बचाए।

खेलको अन्तिम २५ मिनेटमा, शेरिफले निकै दबाबमा खेललाइ अगाडि बढायो। मड्रिडको लगातार आक्रमणबाट बच्ने क्रममा कहिले, किपर उत्कृष्ट हुन पुगे भने कहिले डिफ़ेण्डर।

८९ औ मिनेटमा खेलले प्रबेह गर्दा, थिलले अबिश्वाश्निया गोल गर्दै शेरिफलाइ बिजयी गोल प्रदान गरे। लक्समबर्गका मिड फ़िल्डर थिललाइ एडाम ट्राओरले पास दिएका थिए, जुन पासलाइ उनले देब्रे खुट्टाले प्रहार गर्दै आफ्नो टोलीका लागि ऐतिहासिक जित रचेका थिए ।

रहेको केहि समय खेललाइ होल्ड गर्दै, शेरिफले जित निश्चित गरेको थियो।

Leave a Reply

Next Post

पिएसजी सङ्गको हार पश्चात मेस्सी बारे यसो भन्छन पेप ग्वार्डियोला

Wed Sep 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले पेरिस संग २-० गोल अन्तरको हार बेहोरेको छ। तर प्रशीक्षक पेप भने प्रदर्शनलाई लिएर खुसि छन्। ‘म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई नियन्त्रणमा लिएको थियो तर लियोनल मेस्सीको गोलले खेललाई अर्कै मोडमा पुर्यायो’ पेप गार्डियोलाले खेल पछि भने। इद्रिसा गुएईले पीएसजीलाई पहिलो […]
%d bloggers like this: