आफ्नो भविष्य बारे यस्तो बताउछन् क्रिस्टियानो रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेलजीवनमा धेरै महत्वपूर्ण खेल खेलेका छन् चाहे त्यो राष्ट्रका लागि होस् या क्लबका लागि।

तर आगामी मंगलबार उनले सम्भवतः त्यस्तै महत्वपूर्ण मध्येको एक खेल नर्थ म्यासेडोनिया विरुद्ध खेल्नेछन् जसले उनलाई उनको पाँचौ विश्वकपको नजिक पुर्याउने छ।

खेल जितेमा रोनाल्डोले पोर्चुगललाई यसै बर्ष कतारमा हुने विश्वकपमा फेरी नेतृत्व गर्ने मौका पाउनेछन।

उमेरले पनि ३७ औं बसन्त पार गरिसकेका रोनाल्डोका लागि अब यो विश्वकप सायद अन्तिम हुनेछ र हामीले फुटबलको त्यो महान मन्चमा अविश्वसनीय, अद्विय र महान कलाकारलाई सायदै फेरी देख्नेछौँ।

अड्कलबाजी र अनेक कथाका लागि उनको नामनै काफी छ। उनले बोलेको भरमा फुटबल जगत तरंगित हुने गरेको छ।

लियोनल मेस्सीले गत साता आफ्नो करियरको बारेमा चर्चा गरे देखि रोनाल्डोका बारेमा पनि अनेक खबर बाहिर आउन थालेका छन्।

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड छाड्ने हल्ला देखि राष्ट्रिय टोलिबाट सन्यास लिने सम्म। सोहि कुरालाई मध्यनजर गर्दै उनले आफ्नो धारणा प्रस्तुत गरेका छन्।

क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यको बारेमा बोल्दै: “म फुटबलको आनन्द लिन्छु र म अझै पनि क्लब र राष्ट्रिय टोलीमा उपयोगी भएको महसुस गर्छु। जब म चाहन्छु, म मेरो निर्णय गर्नेछु ,”

“यदि म धेरै खेलहरू खेल्न चाहन्छु भने, म खेल्नेछु, यदि मलाई यो मन परेन भने, म थप खेल्दिन” उनले बताए।

पोर्चुगलका लागि १८५ क्याप खेल्दै ११५ किर्तिमान गोल गरेका रोनाल्डो हाल अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रहेका छन्।

पोर्चुगलले मंगलबार म्यासेडोनिया विरुद्ध प्ले अफ फाइनल खेल्दैछ। पोर्चुगलमा हुने उक्त खेलको बिजेताले कतारमा आफ्नो रास्ट्रलाई विश्वकपमा सहभागिता गराउने छ।

यसअघि पोर्चिगिज टोलीले टर्कीलाई सेमिफाइनलमा हराउदै फाइनलमा प्रवेश गरेको थियो। म्यासेडोनियाले भने युरोपियन च्याम्पियन इटालीलाई स्तब्द पार्दै फाइनलको यात्रा तय गरेको हो।

 

Leave a Reply

Next Post

टेन ह्यागलाई अर्ति: म्यान युनाईटेड बिजनेश क्लब हो त्यहाँ नजानु

Tue Mar 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच कोच एरिक टेन ह्याग हाल युरोप भरि सर्बाधिक चर्चाको बिषय बनिरहेका छन्। आयक्स छाड्ने र म्यानचेस्टर युनाईटेडमा प्रशिक्षकका रुपमा नियुक्ति हुने कुरा अहिले व्यापक रहेको छ। तर उनलाई उनकै देशका प्रशिक्षक तथा पुर्ब म्यान युनाईटेड म्यानेजर लुइस भान गालले भने त्यहाँ नजान सुझाब दिएका छन्। […]
%d bloggers like this: