आयरल्याण्ड विरुद्ध नेपालको शानदार बलिंग

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|ओमानमा जारी ४ देश टी ट्वान्टी प्रतियोगितामा आयरल्याण्ड विरुद्ध नेपालले शानदार बलिङ गरेको छ।

जारी शृङ्खला अन्तर्गत आफ्नो तेस्रो खेलमा आयरल्यान्ड विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपालले आयरल्यान्डलाई निर्धारित २० ओभरमा १२७ रनमा समेटेको हो।

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए।

दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर चार विकेट लिएका हुन।

संगै सन्दीपले १८ औं ओभरको पहिलो बलमा डोकरेललाई कुशल भुर्तेलबाट २८ रनमा क्याच गराउँदै आफ्नो टि२० आई करिअरको ५० औं विकेट पूरा गरेका थिए। सन्दीप नेपालबाट टि२० आईमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन्।

अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए।

आयरल्याण्डका तर्फबाट जोर्ज डकरेलले सर्बाधिक २८ रन बनाउदा कर्तिस क्याम्परले २० रन बनाए। त्यसै गरि कप्तान एवं ओपनर एंडी बालबर्नीले १९ रन बनाउदा अन्य ब्याट्सम्यानलेगतिलो स्कोर बनाउन नसक्दा आयरल्याण्ड सामान्य लक्ष्यमै समेटिन पुगेको थियो।

Leave a Reply

Next Post

आयरल्याण्ड विरुद्ध नेपालको हार, भरपर्दा खेलाडीले निराश बनाए

Mon Feb 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमानमा जारी ४ देश सम्मिलित टी ट्वान्टी श्रृंखलामा नेपालले दोस्रो हार व्यहोरेको छ। शृंखला अन्तर्गत को तेस्रो खेलमा टेस्ट राष्ट्र आयरल्यान्ड विरुद्ध नेपालले १६ रनको हार व्यहोरेको हो। आयरल्याण्डले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली निर्धारित २० ओभरको खेलमा ९ विकेट […]
%d bloggers like this: