आयरल्याण्ड विरुद्ध नेपालको हार, भरपर्दा खेलाडीले निराश बनाए

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमानमा जारी ४ देश सम्मिलित टी ट्वान्टी श्रृंखलामा नेपालले दोस्रो हार व्यहोरेको छ।

शृंखला अन्तर्गत को तेस्रो खेलमा टेस्ट राष्ट्र आयरल्यान्ड विरुद्ध नेपालले १६ रनको हार व्यहोरेको हो।

आयरल्याण्डले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदा केवल १११ रनमा समेटिन पुगेको थियो।

नेपालका तर्फबाट ओपनिङ साझेदारी राम्रो गरेपनि, मध्यक्रममा भरपर्दा रहेका ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरले नत्र सदा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाली टेष्ट राष्ट्र विरुद्ध जित निकाल्ने राम्रो मौका खेर फालेको थियो।

नेपालका तर्फबाट कुशल भुर्तेलले १५ र आरिफ शेखले २३ रन बनाएका थिए। तर त्यस पश्चात नेपालले ब्याटिङमा आफ्नो संयमता गुमाउन पुग्दा हार ब्यहोरेको थियो।

नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रनको योगदान गर्दा ज्ञानेन्द्र मल्लले ५ तथा शरद भेसवाकरले केवल १ रन बनाए।

आयरल्याण्डका तर्फबाट सिमी सिंह, मार्क अदेर, व्यारी मकार्थि र एन्डी म्याकबृनले समान २-२ विकेट लिँदा कर्टिस क्यामफरले एक विकेट लिएका थिए।

यस अघि आयरल्यान्ड विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपालले आयरल्यान्डलाई निर्धारित २० ओभरमा १२७ रनमा समेटेको थियो।

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए।

दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर चार विकेट लिएका हुन।

अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए।

आयरल्याण्डका तर्फबाट जोर्ज डकरेलले सर्बाधिक २८ रन बनाउदा कर्तिस क्याम्परले २० रन बनाए। त्यसै गरि कप्तान एवं ओपनर एंडी बालबर्नीले १९ रन बनाउदा अन्य ब्याट्सम्यानलेगतिलो स्कोर बनाउन नसक्दा आयरल्याण्ड सामान्य लक्ष्यमै समेटिन पुगेको थियो।

Leave a Reply

Next Post

च्याम्पियन्स लिग: पेरिस सेन्ट जर्मन विरुद्ध रियल मड्रिड

Mon Feb 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिडबीचको पहिलो लेगको खेल मंगलबार राति पार्क डेस प्रिन्सेसमा हुँदैछ। पेरिसका स्टार नेयमार भने चोट पछि पुनः टोलीमा फर्कने अपेक्षा गरिएको छ, तर ब्राजिलियन फरवार्डलाई भने एम्बाप्पे र लियोनल मेस्सी संगै सुरुवाती आक्रमणमा ल्याउने सम्भावना भने […]
%d bloggers like this: