हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा सुरु भएको ए.एफ.सि छनोट प्रतियोगितामा नेपालले जोर्डन सँग पराजित हुँदै प्रतियोगीताको सुरुवात गरेको छ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपालले पहिलो खेल २-० गोल अन्तरले गुमाएको हो।
बलियो टोलि जोर्डन विरुद्ध रक्षात्मक खेल पस्के पनि उसको स्तर अगाडि नेपाली टोलीले अङ्क बटुल्दै भने असमर्थ रह्यो ।
खेलको पहिलो हाफमा जोर्डनका केही अवसरहरुलाई मत्थर पार्दै अधिकांश समय दबाब झेले पनि बराबरी गर्न भने सफल भएको थियो।
टोलीमा अधिकांश नयाँ खेलाडी रहेका कारण सुरुवातमा भने जस्तो समायोजन भने देखिएको थिएन ।
निकै पुरानो बनेको बल कन्ट्रोल र पोसेसनको कमि नेपाललाई यस खेलमा पनि खड्कीएको थियो।
रणनीतिक हिसाबले नेपालले जोडनले छाडेका वाइड च्यानलमा आक्रमण गर्दै काउन्टर अट्याक प्रयास गरेको थियो।
नेपालका लागि आयुष घलान र मनिष डाँगीले विंगमा बल अघि बढाउने प्रमुख जिम्मेवारी पाएका थिए।
मनिष डाँगीको प्रदर्शन सह्रानीय भएपनि आयुष घलानले भने अहिलेको टोलीमा निकै स्तरीय प्रदर्शन देखाउन सफल भए।
होचा र साना कदका आयुषले जोर्डनका खेलाडीहरुलाई बिट गर्दै आफ्नो ड्रीबलिंग कौशलमात्र देखाएनन, बेला मौकामा अवसरको झनक पनि देखाए।
अग्ला र शारिरिक रुपमै अब्बल रहेका जोर्डनका खेलाडी माथि उनले देखाएका केही मुभहरु निकै लोभलाग्दो रहेको थियो।
वरियतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनको लिगको स्तर पनि राष्ट्रिय ए डिभिजन भन्दा निकै अब्बल रहेको छ।
कम गुणस्तरीय प्रतियोगिता खेल्ने भए पनि आफूभन्दा निकै राम्रा विपक्षी विरुद्ध उत्कृष्ट प्रदर्शन दिएका आयुष नेपालका उदयीमान युवा खेलाडी हुन्।
गत वर्ष मात्रै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका आयुषले नेपाली राष्ट्रिय डिभिजनमा मज्जाले भिज्न समेत पाएका छैनन्।
तर उनको खेल्ने शैली र क्षमता मैदानमा भने निकै माथिल्लो स्तरको देखिन्छ।
उमेरले केवल १९औ वसन्तमा रहेका आयुषलाई अखिल नेपाल फुटबल संघले राम्रो व्यवस्थापन गर्न जरुरि छ।
अन्य बिदेशी लिगमा परीक्षण र प्रशिक्षण दिने व्यवस्था मिलाउन सके, उनि नेपाली फुटबल जगतका लागि ठुलो सम्पत्ति बन्न सक्छन।
Aayush future star of Nepali football..Thanks Almutari to sharpen him .