आर्मीलाई टाईब्रेकरमा हराउदै मनांग मर्स्याङ्दी आहा रारा गोल्डकपको फाईनलमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा हराउदै मनांग मर्स्याङ्दी पोखरामा जारि आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित ९० तथा थप भएको अतिरिक्त समयमा दुवै टोलिले गोल रहित बराबरीमा खेल टुंग्याएपछि, खेल पेनाल्टी शुटआउटमा पुगेको थियो।

पेनाल्टीमा सुटआउटमा त्रिभुवन आर्मीको चुनौतीलाई ४-३ गोल अन्तर पाखा लगाउदै मनाङ फाइनल पुगेको हो।

टाइब्रेकरमा मनाङका फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो अफिजले गोल गरे।

आर्मीका कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल भए। आर्मीका दीपक गुरुङको प्रहार पोलमा लाग्दै फर्कंदा युद्ध शाहीको प्रहारलाई गोलरक्षक अशोक बरालले बचाए ।

सर्बाधिक ६ पटक आहा राराको बिजेता हिस्सा बराबरीमा मनांग मर्स्याङ्दीलाई अब फाइनल जित्दै रारा गोल्कापको सर्बाधिक सफल बन्ने अवसर प्रदान भएको छ।

खेलको पहिलो हाफमा मनाङका कप्तान विमल राना पेनाल्टीमा गोल गर्न चुक्दा मनांगले दोस्रो सेमीफाइनलमा टोलीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फ्यालेका थिए।

खेलको नवौ मिनेटमा आर्मीका रक्षक युद्द शाहीले पेनाल्टी क्षेत्रमा क्लियर गरेको बल ह्यान्ड हुन पुगेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। तर पेनाल्टी किकलाई कप्तान विमलले पोस्ट भन्दा निकै माथि प्रहार गर्न पुगेका थिए।

यस संस्करणको फाइनलमा मनांगले अर्को विभागीय टोलि एपीएफको सामना गर्ने भएको छ।

सहारा क्लब पोखराको आयोजनामा जारी  प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

Leave a Reply

Next Post

रोनाल्डोले ब्यक्त गरे रियल मड्रिड फर्किने इच्छा !

Thu Jan 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | ओले गनर सोल्सायरले म्यान्चेस्टर युनाइटेडको प्रशिक्षण छोडे पछि राल्फ राग्निकले युनाइटेडको खेल्ने शैली र नतिजामा केही सुधार गरेका छन। गएको हप्ता वेस्टहामलाई अन्तिम मिनेटमा गोल गर्दै जित हासिल गर्दै आफ्नो लागि चौथौ स्थान हासिल गरेको थियो। रोनाल्डोको युनाइटेडमा पुनरागम भएपछी युनाइटेडको मनोबल भने पक्कै पनि […]
Ronaldo to return Real
%d bloggers like this: