आर्सनलको बिजोग कायमै, म्यानचेस्टर सिटि संग लज्जास्पद हार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत तेस्रो चरणको खेलमा आज म्यानचेष्टर सिटीले आर्सनल बिरुद्ध ५-० को फराकिलो जित अन्तर निकालेको छ।

१० खेलाडीमा सिमित भएको आर्सनलले प्रिमियर लिगमा म्यानचेस्टर सिटी विरुद्ध लगातार ११औं हार बेहोरेको हो।

जारी सिजनमा आर्सनलले लगातार तीन खेलमा तेस्रो हार बेहोरेको छ र हारसँगै आर्सनल तालिकाको पुछारमा पुगेको छ। आर्सनलले आफ्नो पहिलो खेलमा भर्खरै बढुवा भएको ब्रेनफोर्डसँग २-० हार ब्यहोरेको थियो भने चेलीसँग पनि सोही अन्तरको हार बेहोरिसकेको थियो।

जितसँगै म्यानचेष्टर सिटी भने तीन खेलमा दुई जित र एक मा हार बेहोर्दै छ अङ्क बटुलेर हाललाई तालिकाको तेस्रो स्थानमा बस्न सफल भएको छ।

म्यानचेष्टर सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले आर्सनललाई खेल भरी आफ्नो कब्जामा राख्न सफल भएको थियो।

८१% बल स्वामित्व आफ्नो नाममा गरेको म्यानचेष्टर सिटीले आर्सनल विरुद्ध २५ सट प्रहार गरेको थियो। जसमध्ये १० प्रहार अन टार्गेट हुँदा पाँच शटले जाली चुम्न सफल भए।

९० मिनेट भरी निकै निरीह र खराब प्रदर्शन गरेको आर्सनलले म्यान्चेस्टर सिटीको पोस्ट्मा केवल १ शट प्रहार गर्यो। खेलमा २-० गोल अन्तरले पछि परिसकेको अवस्थामा आर्सनलका खेलाडी ग्रानित जाकाले ३५औं मिनेटमा रातो कार्ड पाएका थिए।

त्यसपश्चात १० खेलाडीमा सिमित भएको आर्सनल झन् कमजोर हुँदै थप तीन गोल खान पुगेको थियो।

पहिलो हाफ मा ३-० को अग्रता बनाएको सिटिले दोस्रो हाफमा थप दुइ गोल गर्न सफल भएको थियो।

खेलको सातौं मिनेटबाट गोल गर्न सुरु गरेको म्यानचेष्टर सिटीले आर्सनलको रक्षा क्रमलाई निरीह बनाउन कुनै कसुर बाँकी छोडेन।

आर्सनल विरुद्ध धावा बोल्ने क्रममा म्यानचेष्टर सिटीका लागि इलकाय गुण्डोगनले १, फेरान टोरेस ले २, गाब्रिएल जिसस ले १ तथा रोड्रीले १ गोल गर्न सफल भए।

हार संगै आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाको भविष्य अन्यौल तर्फ धकेलिएको छ।

 

 

Leave a Reply

Next Post

रोमाञ्चक खेलमा १० म्यान - चेल्सी र लिभरपुल बराबरीमा रोकिए !!

Sun Aug 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। चेल्सी र लिभरपुलबिचको खेल बराबरीमा रोकियो। प्रिमियरलिगको यस सिजनमा उत्कृष्ट सुरुवात गरेका दुवै टोलिबीच निकै रोमाञ्चक खेल भएको थियो। २२ औ मिनेटमा अग्रता लिएको चेल्सीले सुरुवाती मिनेटबाटै लिभरपुलमाथि दबाब जारि राख्यो। रिस जेम्सको असिस्टलाइ उत्कृस्ट ढंगले गोल गर्दै हाबर्ट्जले चेल्सिकालागी अग्रता दिलाएका थिए। ३६ औ मिनेटमा […]
%d bloggers like this: