हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार बिहान भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनल विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
खेलमा एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै घरेलु मैदानमा पछिल्ला पाँच खेलमा पहिलो जित निकाल्न सफल भयो।
म्यानचेष्टर युनाइटेडको जितमा स्टार खेलाडी क्रिस्टीयानो रोनाल्डोले २ तथा ब्रुनो फर्नानडेसले १ गोल गरेका थिए।
दुई गोलसँगै क्रिष्टियानो रोनाल्डोले सिनियर करियरमा आफ्नो ८०० गोल पुरा गरेका छन्।
निकै रोमान्चक बनेको खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको थियो।
आर्सनलका लागि पहिलो हापको १३ औं मिनेटमा स्मिथ रोवेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्य तिर ब्रुनो फर्नानडेजले फ्रेडको पासमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए।
दोस्रो हाफको शुरुवातमै म्यान्चेस्टरका अर्का स्टार विंगर मार्कस रासफोर्डको पासमा ५२औं मिनेटमा गोल गर्दै रोनाल्डोले व्यक्तिगत पहिलो र टोलीको लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ को स्थितिमा पुर्याएका थिए।
तर अग्रता लिएको दुई मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागी मार्टिन ओडेगर्डले ५४औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए।
दोस्रो हाफको ७० औँ मिनेटमा म्यानचेष्टर युनाइटेडका मिडफिल्डर फ्रेडलाई डी बक्समा फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई रोनाल्डोले व्यक्तिगत दोश्रो र टिमको लागि तेस्रो गोल गरेका थिए।
नतिजासँगै निकै खराब फर्मबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले पछिल्ला चार खेलमा पहिलो जित निकालेको छ। १४ खेल खेल्दै २१ अङ्क बटुलेको युनाइटेड तालिकामा सातौं स्थानमा उक्लेको छ भने आर्सनल