आर्सनल विरुद्ध हारे पनि क्रिस्टियानोको अर्को रेकर्ड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय तथा युरोपियन फुटबलमा रेकर्डका खानी रहेका क्रिस्टियानोले आर्सनल विरुद्ध गोल गर्दै एउटा नयाँ महत्वपूर्ण कोसेढुंगा पार गरेका छन्। 

आर्सनल विरुद्ध ३-१ गोल अन्तरले पराजित भएपनि उनको गोल, खेल जीवनको लागि निकै महत्वपूर्ण सावित भयो। 

म्यानचेष्टर युनाइटेडका लागि १०० प्रिमियर लिग गोल गर्न सफल भएका क्रिस्टियानोले ४ विभिन्न प्रतियोगितामा १०० गोल गर्ने कीर्तिमान बनाएका छन्। 

प्रिमियर लिगमा सबैभन्दा पाको उमेर(३७ बर्ष) मा १०० गोल गर्ने रेकर्ड पनि उनकै नाममा बनेको छ। 

च्याम्पियन्स लिग, राष्ट्रिय टोली, लालिगा र प्रिमियर लिगमा १०० गोल गर्ने उनि संसारकै एकमात्र खेलाडी रहेका छन्।

युरोपियन फुटबल र अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड समेत बनाएका रोनाल्डोले यस अघि तिन बिभिन्न क्लबमा १०० गोलको रेकर्ड बनाईसकेका छन्।

रियल मड्रिडको सर्वाधिक गोलकर्ता समेत रहेका क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा १०१ गोल गरेका थिए भने म्यानचेस्टर युनाईटेडमा १४० गोल पुरा गरिसकेका रोनाल्डोले अझै खेल्ने बाँकी रहेको छ।

रियल मड्रिडका लागि ४३८ खेलमा ४५० गोल गरेका क्रिस्टियानोले राष्ट्रिय फुटवल टोलीमा अहिलेसम्म ११५ गोल गरेका छन्। 

सनसनी पूर्ण १०० मिलियन युरोमा युभेन्टस पुगेका रोनाल्डोले १३४ खेल खेल्दै युभेका लागि सबै भन्दा चाडो १०० गोल गर्ने रेकर्ड राखेका थिए।

वर्तमान युरोपियन फुटबलमा सबैभन्दा बढी ह्याट्रिक (६०) गर्ने किर्तिमान पनि उनको नाममा रहेको छ।

पाँचपटकका बेलुन डी ओर विजेता रोनाल्डो, आधिकारिक रुपमा आठ सय भन्दा बढी करियर गोल गर्ने पहिलो खेलाडी पनि रहेका छन्।

उनको टोली म्यानचेस्टर युनाईटेड भने अहिले प्रिमियर लिगमा छैठौं स्थानमा रहेको छ भने आगामी सिजन च्याम्पियन्स लिग फुटबलबाट लगभग बाहिरीसकेको छ।

वर्तमान टोलीमा सर्वाधिक गोलकर्ता रहेका यी रोनाल्डोले लिगमा १६ र समग्र खेल सिजनमा २२ गोल गरिसकेका छन्। 

 

Leave a Reply

Next Post

ट्रान्सफर चहलपहल: एरिक्सेन ताक्दै स्पर्स, एम्बाप्पेलाई पेरिसमै राख्न कसरत

Sun Apr 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका आगामी प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्चियन एरिक्सनका लागि योजना बनाएको रिपोर्ट बाहिरिएको छ।  ब्रेन्टफोर्डसँग फुटबलमा फर्किएपछि प्रभाव पारिरहेका एरिकसेनका लागि आवश्यक कदम चाल्ने बताईएको छ। अर्को तिर स्पर्सका म्यानेजर कोंटेले पनि एरिक्सेनलाई भित्र्याउन सम्भब प्रयास गर्ने बताईएको छ। दुवै जोडीले मिलेर इन्टर मिलानलाई लिग उपाधि […]
%d bloggers like this: