आलोचकहरूलाई चुप लगाउन रासफोर्ड फेरि फर्ममा फर्किदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| मार्कस रासफोर्डले २०२१ मा पिचमा उत्कृष्ट समय बिताउन सकेनन्।

पछिल्ला केहि सिजनमा युनाईटेडका उदयीमान खेलाडी बनेर निस्किएका रास्फर्ड चोट र आन्तरिक कारणले गर्दा यस सिजन हराएका छन्।

म्यानचेस्टर युनाइटेड र इङ्गल्याण्ड वेम्बली स्टेडियममा भएको युरो २०२० को फाइनलमा इटालीले थ्री लायन्सलाई हराउँदा फरवार्डले पेनाल्टी गुमाए, तर सन् २०२२ २४ बर्षीय इंग्लिस खेलाडीका लागि राम्रो वर्ष देखिन्छ।

गत वर्ष उनको फर्ममा कमी आएको कुरा स्वीकार गर्ने पहिलो व्यक्ति उनि स्वयं रहेका छन्।

तर उनलाई लक्षित गरिएको धेरै आलोचना फुटबल भन्दा अन्य बिषय माथि थियो र धेरै जसो फुटबल बाहिरका कारणहरूले गर्दा उनको आलोचना गर्न बढी रुचि भएका मानिसहरूबाट आएको हुन सक्छ जसले उनलाई ‘उनको लेनमा बस्न’ सम्झाउन चाहन्छन।

तर पछिल्ला दुई खेलमा दुई गोलको जसमा पछिल्लो शनिबार वेस्ट ह्याम युनाइटेड विरुद्ध घरेलु मैदानमा स्टपपेज टाइम विजेता बनाएका रासफोर्डले फेरि एक पटक आफ्ना आलोचकहरूलाई मौन बनाइरहेका छन्।

ओल्ड ट्राफोर्डमा, रासफोर्डले बेन्चबाट आएर म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण ३ अंक जोड्न मद्दत गरेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एडिन्सन काभानीको बल क्रसमा परिणत हुनु अघि उनको परिचयले चीजहरू परिवर्तन गर्न मद्दत गर्यो।

उनले खेलपछिको उत्सव मनाउँदा सामाजिक सञ्जालमा ‘फर्गी टाइम’ लेखेर क्लबमा सर एलेक्स फर्ग्युसनको कार्यकालका प्रशंसकहरूलाई सम्झाउन हतार गरेका थिए।

राशफोर्डको म्यानचेस्टर युनाइटेडमा डेब्यु गरेपछिको उत्कृष्ट सिजनहरूले पनि उनले लगातार उत्कृस्ट प्रदर्शन गर्नुको सट्टा निकै राम्रो फर्मको रनको लर्को लाउने गरेका छन्।

यो सिजन फरक छैन। उनी अझै पनि राल्फ रान्ग्निकको टोलीका लागि फरक पार्न सक्ने खेलाडी हुन्।

Leave a Reply

Next Post

आन्सु फाति अहिले सम्मकै सबैभन्दा खराब समयबाट गुज्रदै

Mon Jan 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका घरेलु उत्पादन रहेका आंसु फाति बिहीबारको कोपा डेल रेमा एथलेटिक बिल्बाओसँगको हारमा चोट बोकेपछि उनलाई प्रतिस्थापन गरिएको थियो। क्लबले उनको ह्यामस्ट्रिङको मांसपेशीमा तनाव भएको पुष्टि गरेको थियो। लगातार चोट संग संघर्ष गरिरहेका अन्सु फातीले, उनी फुटबलको सबैभन्दा खराब भागमा बाँचिरहेको बताएका छन्। निकै लामो समय […]
%d bloggers like this: