इङ्ग्ल्यान्डद्वारा भारत ८ विकेट्ले पराजित | शृङ्खलामा इङ्ग्ल्यान्डको अग्रता !!

England vs India , First T20I 2021 England Win

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ  | पहिलो टि-२० मा इङ्ग्ल्यान्डको शानदार जित !!

भारत बिरुद्द इङ्ग्ल्यान्ड | पहिलो टि-२०

टस जितेर पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरेको इङ्ग्ल्यान्डले सुरुबाटै आक्रामक बलिङ्ग प्रदर्शन गर्दा भारतको ब्याटिङ धराशायी हुन पुगेको थियो। श्रेयस ऐयरको आठ चौका र एक छक्का सम्मिलित ६७ (४८) रन बाहेक अरु कुनै ब्याट्सम्यानको उल्लेखनीय योगदान रहेन। भारतिय टप ब्याटिङ अडरबाट खासै केही प्रदर्सन नहुदा, खेल भरिनै इङ्ग्ल्यान्डकै दबदबा रहयो ।

चार ओभर बलिङ्ग गर्दा मात्र २३ रन खर्चेर ३ विकेट चट्काउन सफल जोफ्रा आर्चरको योगदान निकै तारिफ योग्य रहयो।

England-vs-India-_-First-T20I-2021-1

१२५ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डका लागि ओपन गरेका जेसन रोय र जस बटलरले आक्रामक सुरुवात गरे। उक्त जोडिले पावरप्लेमै ५० रन जोड्न सफल भए ।

महत्त्वपूर्ण योगदान पश्चात् दुबै ब्याट्सम्यानलाई भारतीय स्पिनरहरुले पबिलियनको बाटो देखाएका हुन। रोयले ३२ बलको सामना गर्दै चार चौका र तीन छक्काका साथ ४९ रन जोड्दा, बटलरले २४ बलको सामना गर्दै दुई चौका र एक छ्क्काको मद्दतले २८ रन जोडे ।

त्यस पछि आएका डेविड मलान र बेयर्स्टोले ४० रनको अबिजित साझेदारी गर्दै इङ्ग्ल्यान्डलाई जित दिलाए।

भारतिय बलरहरुको प्रभाबशाली प्रदर्शन भने देख्न पाइएन।

१५.३ ओभरमा लक्ष्य भेटेको इङ्ग्ल्यान्डले ८ विकेट्को जित हसिल गर्दै शृङ्खलामा १-० को अग्रता लिएको छ।

Leave a Reply

Next Post

इपिएल | लिड्स बिरुद्दको खेलमा चेल्सी बराबरीमा रोकियो !

Sat Mar 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | इपिएल, चेल्सी लिड्स बिरुद्द बराबरीमा रोकियो !! इङ्लिश प्रिमियर लिग अन्तर्गत आज भएको चेल्सी र लिड्सको खेल बराबरीमा रोकिएको छ। आफ्नो २९औ खेल खेलेको चेल्सी र २८औ खेल खेलेको लिड्सले एकर्का बिच १-१ अकं बाढेका हुन। नेपाल सुपर लिग अप्रिलबाट हुदै !! खेल भरीनै लिड्सलाइ […]
Chelsea vs Leeds | Chelsea drops two points at Leeds
%d bloggers like this: