इङ्ल्यान्डलाई पराजित गर्दै, इटालीले हात पार्यो युरो २०२० को उपाधी !

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | पेनाल्टीसम्म पुगेको खेलमा इटाली बिजयी !

युरो कप २०२० अन्तर्गत आज भएको फाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले उपाधी आफ्नो नाम गरेको छ।

खेलको दोस्रो मिनेटमा टृपिइयरको पासमा उत्कृष्ट गोल गरेका लुक सले इङ्ल्यान्डका लागि पहिलो अग्रता दिलाएका थिए।

खेलको पहिलो मिनेटबाटै अग्रता लिएपछी दबाब सिर्जना गरेको इङ्ल्यान्डले पहिलो हाफसम्म आफ्नो अग्रतालाइ सफलता पुर्ब थामेको थियो।

६७ औ मिनेटमा इन्सिग्नेको कर्नरलाइ गोलमा परिणत गर्दै बोनुसीले खेलमा बराबरीको स्थिती ल्याएका थिए। ६७ औ मिनेटमा भएको बराबरीबाट कुनै पनि टिमले अग्रता लिन सकेनन। जसकारण खेल अतिरिक्त समय हुँदै पेनाल्टी पुग्यो।

बिचको दैरानमा दुबै टोलिका लागि खेललाइ समाप्त गर्ने निकै धेरै मौका मिलेको थियो तर कसैले पनि जित निस्चित गर्न सकेन।

अतिरिक्त समयको दोस्रो हाफमा इङ्ल्यान्डका ह्यारी केन र स्टर्लिङ्ले दुई पटक गोल गर्ने सुनौलो मौका पाएका थिए र मौकालाइ राम्रो ढङले उपयोग गर्न नसक्दा रेगुलर टाइममा गोल गर्न सकेनन।

पेनाल्टी अन्तर्गत, इटालीले सुरु गरेको किकमा, पहिलो प्रयासमा गोल गरेको थियो । पेनाल्टी किक यस प्रकारले अगाडी बढेको थियो:

इटालीको पहिलो किक: गोल
इङ्ल्यान्डको पहिलो किक: गोल
इटालीको दोस्रो किक: मिस
इङ्ल्यान्डको दोस्रो किक: गोल
इटालीको तेस्रो किक: गोल
इङ्ल्यान्डको तेस्रो किक: मिस
इटालीको चौथौ किक: गोल
इङ्ल्यान्डको चौथो किक: मिस
इटालीको पाचौ किक: मिस
इङ्ल्यान्डको पाचौ किक : मिस

यसै गरि पेनाल्टीमा इङ्ल्यान्ड ३-२ को अन्तरले पराजित भयो। इङ्ल्यान्डका लागि ह्यारी केन, मेग्वायरले गोल गरेका थिए भने राश्फर्ड, सान्चो र शाका गोल गर्नबाट चुकेका थिए।

Leave a Reply

Next Post

तेस्रो टि-२० मा गेल चम्किदा, वेस्ट इण्डिजको सहज जित !!

Tue Jul 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पाच टि-२० शृंखला अन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इण्डिजले अस्ट्रेलियालाइ ६ विकेटले पराजित गरेको छ। ड्यारेन स्यामी नेसनल क्रिकेट स्टेडियममा भएको आजको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अस्ट्रेलियाले २० ओभर […]
West Indies vs Australia
%d bloggers like this: