हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | आज भएको भारतिय महिला टोलि र इङ्ल्यान्ड महिला टोलि बिचको खेलमा २२२ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको इङ्ल्यान्डले भारतिय टोलि माथी सुरुबाटै दबाब कायम राखेको थियो। ५६ रनको राम्रो सुरुवाती साझेदारी गरेता पनि, मिडल अर्डरका ब्याट्सम्यानको प्रदर्शन न्यून रहेकाले भारत २२१ रनमा समेटिन पुगेको थियो।

भारतका लागि मिथाली राजको ५८ रन र शेफाली बर्माको ४४ रन बाहेक अरु कुनै ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन। इङ्ल्यान्डका लागि केट क्रसले शानदार बलिङ गर्दै पाच विकेट चट्काएकी थिइन्। ।



२२२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७ ओभरमै लक्ष्य पूरा गर्यो। सो क्रममा इङ्ल्यान्डका लागि ओपनर विन्फिल्ड हिलले ४२ रन जोड्दा, अल राउन्डर सोफिया डन्क्लेले अबिजित ७३ रन जोडिन । उनको यस पारीलाई साथ दिने क्रममा ब्रन्टले ३३ रनको महत्त्वपूर्ण पारी खेलेकी थिइन।