हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सेरिया अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस र इन्टर मिलान बराबरीमा रोकिएका छन्।
मिलानको घरेलु मैदानमा भएको खेलमा एडिन जेकोले पहिलो हाफमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए।
पहिलो हाफको १७औँ मिनेटमा डी बक्स बाहिरबाट प्रहार भएको बल पोस्टमा ठोक्किदै रिबाउन्ड भएर फर्किए पछि ट्याप इन गर्दै एडिन जेकोले मिलाननलाई खेलमा १-० को अग्रता दिलाएका थिए।
खेलको पहिलो हाफमा नै मिलानका खेलाडी इभान पेरीसिचले काउन्टरमा पाएको मौकालाई पोस्टको दिशा दिन नसक्दा मिलानले खेलमा अग्रता लिने मौका खेर फ्यालेको थियो
खेलको दोस्रो हाफमा युभेन्टसका स्टार खेलाडी पाउलो डीबालाले गरेको फ्री किक लाई इन्टरका गोलरक्षक हान्डानोभिकले राम्रो बचाव गरेका थिए।
दोस्रो हाफको अन्तिम समयमा युभेन्टस्ले पाएको पेनाल्टी मौकालाई गोलमा परिणत गर्दै अर्जेन्टिनी स्टार डिबालाले पाहुना टोलीलाई हारबाट जोगाए।
निकै खराब सुरुवात गरेको युभेन्टस पछिल्लो पाँच खेलमा अपराजित रहँदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने इन्टर मिलान तालिकाको तेस्रो स्थानमा बसेको छ।