हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सेरिएमा युभेन्टसले सातौं जित हात पारेको छ।
गएराति सम्पन्न खेलमा लिगको पुछारमा रहेको टोली सेलरनितानालाई २-० ले पराजित गर्दै युभे लिगमा सातौं स्थानमा उक्लेको छ।
जारि लिगमा संघर्ष गर्दै पुछारमा बसेको घरेलु टोलीलाई युभेले खेल भारी आफ्नो नियन्त्रणमा राखेको थियो।
घरेलु लिगमा पछिल्ला पाँच खेलमा तेस्रो जित निकाल्ने क्रममा युभेन्टसको जितमा स्टार खेलाडी पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरेका थिए।
स्टेडिया एरेची सालेरनोमा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफमा तथा मोराटाले दोस्रो हाफमा गोल गरेका थिए।
खेलको २१औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए ।
७०औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबाला पेनाल्टीमा चुक्न पुगेका थिए।
जित संगै २४ अंक बटुलेको युभेले शिर्ष स्थानको नापोली संगको दुरी ११ अंकमा झारेको छ भने शिर्ष चार भित्र पर्न उसलाई अझै मेहेनत गर्नु पर्ने देखिन्छ। नापोलीको ३५ अंक रहेको छ भने चौथो स्थानको इन्टर मिलानको ३१ अंक रहेको छ।