हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ५ पटकका बेलुन डी ओर विजेता तथा युवेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो पाओलो रोस्सी अवार्ड पाउने भएका छन्।
सन् १९८२ का विश्व उत्कृष्ट खेलाडी रहेका तथा इटालीका दिग्गज पाओलो रोस्सिको सम्झनामा इटालीको फुटबल एसोसिएसनले रोस्सिको सम्मानका लागि अब हरेक वर्ष उक्त नामले अवार्ड आयोजना गर्ने घोषणा गरेको छ।
इटालीले सन् १९८२ को विश्वकप जित्दा टिमका लागि हिरोको रुपमा प्रस्तुत भएका थिए पाओलो रोस्सी। प्रतियोगितामा कुल ६ गोल गर्दै इटालीका तर्फबाट सर्वाधिक गोलकर्ता बनेका पाओलो रोस्सी, प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए।
साथै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।
विश्वकप इतिहासमा एकै विश्वकपमा गोल्डेन बल र गोल्डेन बुट जित्ने पाओलो रोस्सी एकमात्र खेलाडी रहेका छन्। रोस्सिको निधन गत डिसेम्बर २०२०मा ६४ वर्षको उमेरमा भएको थियो।
इटालियन सिरियामा सर्बाधिक गोल गर्ने खेलाडीलाई दिइने सिरिया केपाेकान्नोनेयरेलाई बदल्दै अब सोही अवार्ड पाओलो रोस्सी एवार्ड को नाममा दिईनेछ।
सोही निर्णय अनुरुप यस वर्षको पहिलो पाओलो रोस्सि एवार्ड, यस वर्ष सेरियामा सर्वाधिक गोल गर्न सफल युभेन्टसका अहिलेका सर्वश्रेष्ठ तथा महान खेलाडी क्रिस्टियानो रोनाल्डोले पाउने भएका छन्।
सेरिएमा सर्वाधिक गोलकर्ता बने क्रममा यस सिजन क्रिष्टियानो रोनाल्डोले ३३ खेलमा २९ गोल गरेका थिए। च्याम्पियन्स लिगमा ६ खेलमा ४ गोल गरेका उनले कोपा इटालियामा थप दुई गोल गर्दै युभेन्टसका लागि यस सिजन आफ्नो गोलको संख्या ३६ पुर्याएका थिए।
यसअघि पनि युभेन्टसका लागि सर्वाधिक गोलकर्ता बनेका क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि आफ्नो दोस्रो सिजनमा ४६ खेल खेल्दै ३७ गोल गर्न सफल भएका थिए।
रोनाल्डोले युवेन्टसका लागि इतिहासमै सबैभन्दा छिटो १०० गोल गर्ने रेकर्ड यही सिजनमा बनाएका छन्। उक्त रेकर्ड बनाउनका लागि रोनाल्डोले केवल १३१ खेल खेलेका थिए।
२०१८ मा किर्तिमानी सय मिलियन मा युभेन्टस भित्रिएका क्रिष्टियानो रोनाल्डोले एकपछि अर्को कीर्तिमान राख्न सफल भइरहेका छन्।
यस सिजन क्लबका लागि ३६ गोल गर्दै आफ्नो खेल करियरमा उनले १२औं पटक एक सिजनमा ३० वा सो भन्दा बढी गोल गरेका हुन्।