इन्स्टाग्राममा ४०० मिलियन फलोवर्स हुने रोनाल्डो पहिलो व्यक्ति

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गोल गर्ने रेकर्डमा मात्र हैन सामाजिक संजालमा पनि फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डोले एक पछि अर्को रेकर्ड राख्न सफल भइरहेका छन्।

पुरुष तर्फ राष्ट्रिय टोलीमा तथा च्याम्पियन्स लिगमा सर्बाधिक गोलगर्ता रहेका रोनाल्डोले सामाजिक संजालमा पनि त्यतिनै प्रभाब जनाएका छन्।

यसैबीच म्यानचेस्टर युनाईटेडका ३७ बर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डो भर्खरै इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन्।

हालै प्रकाशित एक रिपोर्टमा रोनाल्डोका फलोवर्सको संख्या उनले प्रतिनिधित्व गरेका क्लबहरुको भन्दा बढी रहेको बताईएको थियो।

यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए।

रोनाल्डो अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोअर्स पुगेको थिएन।

इन्स्टाग्राममा २०२१ को सेप्टेम्बर महिनामा २३७ मिलियन फलोअर्स सहित संसारमै सबै भन्दा बढी फलो गरिएका व्यक्ति बन्न पुगेका थिए।

Ronaldo to return Real

तर केवल ६ महिनाको अन्तरालमा उनले १६३ मिलियन नयाँ फलोवर्स थप्न सफल भएका छन् भने संसारमै सबै भन्दा बढी फलो गरिएका व्यक्ति पनि भएका छन्।

उनलाई पछ्याउदै मोडल काइली जेनर ३०९ मिलियन फलोअर्सका साथ दोस्रो स्थानमा छिन भने विश्व फुटबलका अर्का महान खेलाडी लियोनल मेस्सी ३०६ मिलियन फलोअर्स बटुल्दै सबै भन्दा बढी फलो गरिएका व्यक्तिहरुको तालिकामा तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

Next Post

विश्वकप क्रिकेट लिग : युएईमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने

Tue Feb 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा छनौट हुनका लागि हाल भइरहेको विश्वकप क्रिकेट लिग अन्तर्गतको तेस्रो सिरिजका लागि युएईले नेपाल र पपुवा न्युगिनी संग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। नेपालले यस अघि ओमानमा र घरेलु मैदानमा गरेर दुईवटा सिरिज खेलिसकेको छ। ओमानमा हुने टि-ट्वान्टी विश्वकप छनौट […]
%d bloggers like this: