उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै नेपाल द्वारा ओमन पराजित, कस्तो छ त अंकतालिकाको स्थिति ?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा, ओमनले पेस गरेको १२२ रनको लक्ष्यलाइ १८ ओभरमा पुरा गर्दै, नेपालले ७ विकेटको जित हासिल गरेको हो।

अंकतालिकाको शिर्ष स्थानमा भएको ओमनलाइ १२१ रनमा समेट्न सफल नेपालका लागि करण केसी र सन्दिप लामिछानेले चार चार विकेट लिएका थिए भने अलराउण्ड भेषावकरले दुइ विकेट चट्काएका थिए।

टस जितेर पहिला फ़िल्डीङ्ग गर्ने निर्णय गरेको नेपालले पहिलो १० ओभरको पावरप्ले मै ३ विकेट चट्काइसकेको थियो।  सिरिजमा दोस्रो जित खोजिरहेको नेपालका लागि, आजको जितमा करण केसी म्यान अफ द म्याच रहे।

ओमनका लागि जिसन मक्सुद्को ४१ रनबाहेक कुनै अरु ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन।

१२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका आसिफ सेख र ज्ञानेन्द्र मल्लले महत्वपूर्ण साझेदारी गर्दै नेपाललाइ जित तर्फ डोहोर्याएका थिए।  १६ रनको स्कोरमै कुशल भुर्तेललाइ गुमाएको नेपालका लागि कप्तान मल्ल र आसिफ़ले ९४ रनको महत्वपूर्ण साझेदारी रचे।

नेपाललाइ जित दिलाउने क्रममा कप्तान मल्लले लगातार दोस्रो अर्धशतक प्रहार गरे।  उनले ४६ बलको सामना गर्दै चार चौका र दुइ छक्काको मद्दतले ५२ रन बनाए।

जित संगै नेपाल अंक तालिकाको चौथौ स्थानमा उकलिएको छ।  ०.४६० को शानदार नेट रन रेट र ८ खेलमा आठ अंक सहित नेपालले चौथौ स्थानमा आफुलाई राखेको छ। अंक तालिकाको पहिलो स्थानमा ओमन रहेको छ (२० अंक ) , दोस्रोमा अमेरिका (१४ अंक ), स्कटल्याण्ड (० अंक ), नेपाल ( ८ अंक), नामिबिया ( ८ अंक), युएइ ( ७ अंक), पिएञ्जि ( ० अंक )।

शृंखलाको अन्तिम खेलमा बिजयी हासिल गर्दै नेपाली टोलिले डेभ वाट्मोरलाइ सुखद बिदाइ पनि दिएका छन्।

 

 

 

 

Leave a Reply

Next Post

नेयमार र इकार्डीको गोलमा पीएसजी बिजयी, गोल गर्नबाट फेरी चुके मेस्सी !

Mon Sep 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गएराती भएको लिग १ अन्तर्गतको खेलमा पीएसजीद्वारा लियन २-१ को गोलान्तरले पराजित भएको छ। ५४ मिनेटमा लियनका पकेटाले गोल गरिसकेपछि, ६६औ मिनेटमा नेयमार र ९०+३ मिनेटमा इकार्डीले गोल गर्दै पेरिस सेन्टले उत्कृष्ट बापसी रचेको हो। पहिलो हाफ गोल रहित रहेको खेलमा, दोस्रो हाफको सुरुवातमै पाकेटाले गोल […]
%d bloggers like this: