उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेको चेन्नाईद्वारा राजस्थान रोयल्स ४५ रनले पराजित !!

Chennai Super Kings beat Rajasthan Royals by 45 runs

आइपिएल । उत्कृष्ट बलिङ्ग प्रदर्शनका साथ् चेन्नईद्वारा राजस्थान रोयल्स पराजित !!

टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको राजस्थान रोयल्सले उत्कृष्ट सुरुवात गरेको थियो । चेन्नाईका ओपनर रुतुराज गाइक्वादलाइ सुरुमै पबिलियाँको बाटो देखाएको राजस्थान रोयल्सले समयसमयमा सिएसकेलाइ झट्का दिदै गएको थियो। फाफ डुप्लेसिसको १७ बल-३३ रन र ब्राबोको ८ बल – २० रनको मद्दतले चेन्नैले २० ओभर खेल्दै १८८ रन बनाउन पुग्यो ।

Dwayne Bravo Plays a Shot

१८९ रनको लक्ष्य पछ्याएको राजस्थानले राम्रो सुरुवात गरेतापनि साम करनले पावर प्लेमा दुइ विकेट चट्काउदा राजस्थानको रन बनाउने गतिमा अंकुस लागेको थियो । दुइ विकेट पछि सेट ब्याट्सम्यान बटलरलाइ जडेजाले १२औ ओभरमा आउट गर्दा, राजस्थानको ब्याटिंग अर्डर तहस नहस हुन सुरु भएको हो। जडेजा र मोइन अलिको जोडीले ५ विकेट लिदा, खेल पूर्ण रुपमा चेन्नाईको पक्ष्यमा मोडिएको हो । जस बटलरको ४९ रनको पारि बाहेक राजस्थानका लागि कसैले पनि राम्रो योगदान दिन सकेन ।

खेल तथ्यांक :

चेन्नई सुपर किंग्स : १८८-९ ( २० ओभर )
फाफ डुप्लेसिस ३३ (१७) ४ चौका, दुइ छक्का
अम्बाती रायुडु २७(१७) तिन छक्का

चेतन सकरिय : ४ ओभर – ३६ रन – ३ विकेट

राजस्थान रोयल्स : १४३-९ (२० ओभर )
जस बटलर ४९(३५) पाच चौका, दुइ छक्का
जयदेव उनाड्कत २४(१७) दुइ चौका एक छक्का

मोइन अलि : ३ ओभर – सात रन – ३ विकेट

चेन्नाई सुपर किंग्स ४५ रनले बिजयी

Leave a Reply

Next Post

लिभरपुल लिड्स बिरुद्दको खेलमा बराबरीमा रोकियो !!

Tue Apr 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। इंगलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल लिड्स युनिटेड संग बराबरीमा रोकिएको छ । १-१ को बराबरी खेलेको लिभरपुलले लिड्स संग अंक बाढेको हो। ३१ औ मिनेटमा मानेको गॉलको कारण पछाडी परेको घरेलु टोलि लिड्स युनाइटेडले ८७ औ मिनेटमा लोरेण्टेको गोलको मद्दतले खेलमा बराबरी ल्याएको […]
English Premier League
%d bloggers like this: