उत्कृष्ट हुदाँहुदै पनि भारत बिरुद्ध जितविहिन नेपाल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालले भारतविरुद्ध दोश्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-१ गोल अन्तरको हार बेहोरेको छ।

भारत विरुद्ध निकै उत्कृष्ट खेल पस्किएता पनि पाएका मौकाहरूको उत्कृष्ट सदुपयोग गर्न नसक्दा भारत विरुद्ध पुनः पराजय बेहोरेको छ।

हार संगै नेपालले भारतविरुद्ध को जितबिहिन यात्रालाई फेरि निरन्तरता दिएको छ।

नेपाली टोलिलाई पराजित गरेपनि भारत भने नेपाल विरुद्ध दुबै खेलमा सम्पूर्ण विधामा परास्त भएको थियो।

आजको खेलमा भने नेपालले भारतविरुद्ध पहिलो खेलमा भन्दा बढी मौका र सिर्जना गरेको थियो।

विश्व फुटबल श्रेणीकरणमा नेपालभन्दा निकै माथि रहेको भारतले आफ्नो श्रेणी अनुसारको स्तर भने दुबै खेलमा देखाउन सकेन।

सदाझैं नेपालको यसपाली पनि कमजोर फिनीशिङका कारण विपक्षीविरुद्ध हाबी हुने मौका नजुरेको घरेलु टोलिले मिडिल्ड र डिफेन्समा दुबै खेलमा भारत भन्दा निकै माथिल्लो स्तरको खेल प्रदर्शन गर्यो।

आजको खेलमा, खेलको १३ औँ मिनेटमा मनिस टोलीले पेनाल्टी बक्समा गोल गर्ने राम्रो मौका पाए पनि सम्हालिन नसक्दा नेपालले गोल गर्ने पहिलो अवसर खेर फ्यालेको थियो।

त्यसले खेलको २८ औं मिनेटमा पेनाल्टी बक्स बाहिर उत्कृष्ट ढंगले प्रहार गरेको क्रसले नेपाली फरवार्ड नभेट्दा बाहिरिन पुगेको थियो।

तर खेलको ६२ औं मिनेटमा नेपालीका डिफेन्डरले मार्केङ गर्न चुके पछि भारतका फारुख चौधरीले भारतलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६ औं मिनेटमा अन्जन विष्टले बराबरी गर्ने अर्को मौका गुमाएका थिए।

गोल खाएपछि अझ आक्रमक बनेको नेपालले नवयुग श्रेष्ठ र विशाल राईका केही तालमेलहरुलाई सही दिशा दिन सकेन। आक्रमक रवैयामा रहेको नेपाली टोलीको हाई लाईन तोड्दै भारतीय कप्तान सुनिल क्षेत्रीले काउन्टर अट्याकमा भारतको गोल संख्या दोब्बर पारेका थिए।

खेलको ८७ औं मिनेटमा तेज तामाङले गरी ३५ यार्डबाट उत्कृष्ट गोल गर्दै नेपालका लागि सान्त्वना गोल फर्काए।

आसन्न साफ च्याम्पियनशीपको तयारी स्वरूप भारत र नेपालले मैत्रीपूर्ण खेल खेलेका हुन्।

साफ च्याम्पियनशीप आगामी अक्टोबर १ देखि १६ तारिख सम्म माल्दिव्समा हुने भएको छ।

 

Leave a Reply

Next Post

अर्जेन्टिनाका चार खेलाडिका लापरबाहीका कारण, ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित !!

Mon Sep 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। ब्राजिल र अर्जेन्टिना बीचको खेल स्थगित !! प्रहरी तथा स्वास्थ्य बिभागले दिएको १४ दिने क्वारेन्टिन बस्ने आदेशलाइ नकारेको आरोपमा गएराती केहि मिनेटका लागि सुरु भैसकेको ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको हो। ब्राजिलको स्वास्थ्य बिभागले अर्जेन्टिनाका चार खेलाडीले प्राबधानलाइ नमानेको कारण खेल खेल्न नदिन भनि ब्राजिलियन […]
%d bloggers like this: