एएफसि फुटसल छनौट: दोस्रो चरणको बन्द प्रशिक्षणमा २२ खेलाडी छानिए

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत सुरु भएको बन्द प्रशिक्षणको दोस्रो चरणमा २२ खेलाडीले ठाउँ बनाएका छन्।

प्रारम्भिक चरणमा कुल ३२ खेलाडी सहित सुरु गरिएको बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीहरु मध्ये, १० खेलाडी घटाउदै गर्दै दोस्रो चरणमा २२ खेलाडी समाबेश गरिएको हो।

एएफसी फुटसल एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालले हाल घरेलु मैदानमै प्रशिक्षण गरिरहेको छ।

एएफसी फुटसल एसियन कप छनोट चरणको खेलहरु १ देखि १५ अप्रिलसम्म किर्गिस्तानमा हुँदैछ।

छनोटमा समूह ‘बी’ नेपालसहित उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले १० र १२ अप्रिलमा खेल्ने तालिका रहेको छ।

प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन् । यस क्षेत्रबाट कुल ४ टोली छनोट हुँदा पश्चिमबाट ५, पुर्वबाट ३ तथा आसीआन क्षेत्रबाट ३ टोली छनोट हुनेछन्।

छनौट भएका खेलाडीहरु:

अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा र सुमित कुमार आले, विजय श्रेष्ठ, सरोज तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, आदिल हामिद, अमित लामा, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन शेर्पा

Leave a Reply

Next Post

सहिद स्मारक 'बि' डिभिजन लिग आजदेखि सुरु

Wed Mar 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स. काठमाडौं| सहिद स्मारक ए डिभिजन लिग समापन संगै एन्फाले नेपाली फुटबल लिगको दोस्रो दर्जाको ‘बि’ डिभिजन लिग सुरु गरेको छ। फागुन १८ देखि चैत्र २७ सम्म चल्ने लिग प्रतियोगितामा यसपटक कुल १४ टोलि रहेका छन। सहभागी टोलीले आपसमा सिंगल राउण्ड खेलका आधारमा कुल १३ खेल खेल्नेछन भने […]
%d bloggers like this: