एएफसी फुटसल छनोटमा नेपालको खराब सुरुवात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी फुटसल एसियन कप छनोटमा नेपालले खराब सुरुवात गरेको छ।

समूह बि अन्तर्गत बलियो प्रतिद्वन्दी उज्बेकिस्तान विरुद्धको पहिलो खेलमा नेपालले ५-१ को फराकिलो हार बेहोरेको हो।

किर्गिस्तानमा हुँदै गरेको छनौटको अन्तर्गत गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा नेपाल बिरुद हावी हुने क्रममा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई गोल गरे।

अन्य खेलाडीमा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे।

नेपालका लागि एकमात्र सान्त्वना गोल मणि लामाले गरेका थिए।

छनोटमा सेन्ट्रल र साउथ जोनमा रहेको नेपालले समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समुहमा शिर्ष दुई टोलीले ए.एफ.सि फुटसल एसियन कप २०२२ मा सहभागिता जनाउने छन्।

समूह बि मा नेपाल संगै उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन्।

Leave a Reply

Next Post

रोनाल्डोलाई दुर्व्यवहारको आरोप, प्रहरीद्वारा अनुसन्धान सुरु

Sun Apr 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगमा एभर्टन सँगको हारपछि रोनाल्डोको संलग्नता भएको घटनाबारे मर्सीसाइड प्रहरीले अनुसन्धान गर्ने भएको छ। युनाइटेड फरवार्ड रोनाल्डोको गुडिसन पार्कमा खेल सकिएपछि मैदान छाड्ने क्रममा फ्यानको फोन तोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। लिगमा निकै संघर्ष गरिरहेको एभर्टन १-० विरुद्ध हार बेहोरेपछि रोनाल्डो निकै आक्रोशित […]
%d bloggers like this: